arrow

विवादित बाँधको स्थानीय प्रशासकद्वारा निरीक्षण

logo
प्रकाशित २०७३ साउन १४ शुक्रबार
saptari-map.jpg.jpeg
सप्तरी । नेपाल–भारत सीमा दशगजा क्षेत्रअन्तर्गत जिल्लाको दक्षिणी भेगमा पर्ने तिलाठीमा बाढीले भत्काएको बाँध पुनःनिर्माण गर्ने क्रममा विवाद भएपछि सो स्थलको दुवै देशका जिल्ला प्रमुखले आज निरीक्षण गरेका छन् । 
 
प्रजिअ वलदेव गौतमको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारततर्फबाट सीमा सुरक्षा बल एसएसबी सुपौल, जिल्लाका प्रहरी प्रमुख लगायतको टोलीले विवादित बाँधको स्थलगत निरीक्षण गरेको प्रहरी चौकी तिलाठीका प्रहरी नायब निरीक्षक पुगेन्द्र आङ्देम्बेले बताए । विवादितस्थलको बाँध निर्माण अहिले रोकिएको छ । 
 
करिब एक दशक अगाडि भारतीय पक्षबाट तिलाठीमा निर्माण गरिएको बाँध बाढीले भत्काएपछि बाँध भारतीय पक्षले एकतर्फी रुपमा पुनःनिर्माण गर्न लाग्दा स्थानीय नेपाली युवा र भारतीय पक्षबीच बिहीबार झडप भएको थियो । झडपमा दुवै पक्षका करिब बाह्र जना घाइते भएका थिए । 
 
यसैबीच दशगजामा भारतले एकतर्फी रुपमा बाँध निर्माण गरेपछि उत्पन्न विवादको समाधानका लागि स्थलगत निरीक्षण गरेका नेपाली र भारतीय अधिकारीबीच भारतीय सीमा क्षेत्रमा पर्ने कुनोलीमा वार्ता भइरहेको बताइएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ