arrow

पुणेमा भवन भत्किँदा नौ जना मारिएको आशङ्का

logo
प्रकाशित २०७३ साउन १४ शुक्रबार
india-map-and-flag-1310791.png.png
नयाँ दिल्ली। पश्चिमी भारतीय सहर पुणेमा शुक्रबार एक भवन भत्किएर भएको दुर्घटनामा परी कम्तीमा नौ व्यक्ति मारिएको आशङ्का गरिएको छ । निमार्णधीन अवस्थामा रहेको सो भवन भत्किदाँ नौ व्यक्ति मारिएको आशङ्का भएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन । 
 
मुम्बई सहरबाट १६० किलोमिटर टाढा रहको सो इलाकामा निमार्णधीन अवस्थाको १३ तले भवन शुक्रबार विहान अचानक भत्किएको थियो । उक्त भवनमा निमार्णको काम कार्यरत नौ जना श्रमिकको सो दुर्घटनामा मृत्यु भएको आशङ्का गरिएको छ । 
 
यस भत्किएको भवन भग्नावशेषमा उद्धारकार्य जारी रहेको तर ती श्रमिकहरुको बाँच्ने आशा भने कम मात्र भएको प्रहरी स्रोतले अनुमान गरेको छ । 
 
स्थानीय टेलिभिजन च्यानलका अनुसार सो भवनमा कार्यरत कामदारहरुले सुरक्षाका लागि अपनाइने सामान हेल्मेटलगायत चिजहरु नलगाएको हुनाले उनीहरु बाँच्न कम मात्र सम्भावनाहरु रहेको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ