arrow

मध्य पहाडी लोकमार्गको सक्रान्ति–फिदिम खण्ड अबरुद्ध

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ साउन १४ शुक्रबार
Terhathum-hamrakura.jpg.jpeg
तेह्रथुम। एक साता यताको अविरल वर्षाका कारण सडक माथिबाट झरेको पहिरोका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत सक्रान्तिबजार–फिदिम सडक खण्ड अवरुद्ध भएको छ। सो सडक खण्डको पाँचथर भारपास्थित सरखण्डेमा गएराति झरेको पहिरो र ढुंगाका कारण सवारी आवत जावत ठप्प भएको चुहानडाँडा प्रहरी चौकीले जनाएको छ। 
 
तेह्रथुमको आठराई सक्रान्तिबजारबाट पाँचथर फिदिम हुँदै झापाकालागि हिडेका दर्जन बढी बस, ट्याक्सी, पिक अप लगायत सवारी वारीपट्टि नै र पाँचथरबाट तेह्रथुमकालागि हिडेका सवारी पनि बीच बाटोमै रोकिएका छन्।  
 
सडकमा पहिरोसँगै ठूला–ठूला ढुंगा खस्दा पन्छाउन समय लागेको हो। पहिरो पन्छाउन स्काभेटरसहित प्रहरी परिचालन गरिएको पाँचथर प्रहरीले जनाएको छ। साथै सो स्थानका विभिन्न भागमा पहिरो झरिरहेकाले पैदल यात्रीहरुलाई समेत सचेत भएर हिँड्न प्रहरीले आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ