arrow

हिलारी क्लिन्टन भन्छिन् –‘अमेरिका सबैका लागि खुल्ला छ ’

logo
प्रकाशित २०७३ साउन १४ शुक्रबार
hilary-clinton.jpg.jpeg
फिलाडेल्फिया । अमेरिकी पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनले नयाँ राष्ट्रपतिको उम्मेदवारी स्वीकार्दै सबै शक्तिशाली हुनुपर्नेमा जोड दिएकी छिन् । फिलाडेल्फियामा भएको डेमोक्रेटिक पार्टीको राष्ट्रिय अधिवेशनको चौथो तथा अन्तिम दिन सम्वोधन गर्ने क्रममा उनले कुनै एक्लो व्यक्ति शक्तिशाली हुने होइन कि सबै शक्तिशाली हुनुपर्नेमा जोड दिएकी हुन् । 
 
क्लिन्टनले सबै अमेरिकी एकीकृत भएर अगाडि बढ्नुपर्ने भन्दै आतंककवादविरुद्ध लड्नु पर्ने बताइन् । 
 
क्लिन्टनले अमेरिका विश्वका सबै मानिसका लागि खुल्ला छ भन्दै डेमोक्रेटिक पार्टी मजदुरहरुका लागि हो भनिन् । उनले आप्रवासीको सहयोग गर्न अमेरिका सधै तयार रहेको बताइन् । 
 
क्लिन्टनले स्पष्ट रुपमा आफूले कुनै पनि धर्मलाई प्रतिवन्ध नलगाउने बताइन् ।  
 
क्लिन्टनले अमेरिका कमजोर नरहेको स्पष्ट पारिन् । सबै उचाइमा पुग्नका लागि मिलेर अगाडि बढ्नुको विकल्प नभएको क्लिन्टनको तर्क छ । 
 
अहिलेसम्मको जीवनकै सबैभन्दा ठूलो एवं महत्वपूर्ण भाषण गर्ने क्रममा हिलारी क्लिन्टनले आफ्ना राष्ट्रपतिका प्रतिद्धन्द्धी रिपब्लिकन उम्मेदवार डानियल ट्रम्पले झुठा बाचा गरेको आरोप लगाइन् । 
 
हिलारी राष्ट्रपति बने अमेरिकी इतिहासमा कीर्तिमान थपिने छ । पहिलो महिला उम्मेदवार बनेर कीर्तिमान बनाइसकेकी हिलारीले राष्ट्रपति नै बनेर देखाइदिने प्रतिवद्धता जनाएकी छिन् । 
 
उनले विश्वमै अमेरिकाको सम्बन्ध राम्रो हुनुपर्ने भन्दै आर्थिक सम्वृद्धिका लागि आपसमा मिलेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । 
 
निकै सौम्य भाषण गरेकी हिलारीको भाषणलाई समर्थन गर्ने क्रममा डेमोक्रेटिकका डेलिगेट्सहरु हर्षका आँशुसमेत खसालेका थिए । 
 
सबै अमेरिकी एक हुनका लागि पनि आफूलाई भोट दिन उनले विनम्र आग्रह गरेकी छिन् । 
 
अमेरिकाको मुख्य पार्टीले एक महिलालाई अमेरिकी राष्ट्रपतिको उम्मेदवार बनाउनु भनेको सबै अमेरिकी महिलाको जित भएको उनको तर्क छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ