arrow

भारतमा नेपाली कराते खेलाडीको सफलता : १९ स्वर्ण, १२ रजत, ८ कास्य

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
nepali-team-safalta.jpg.jpeg
काठमाडौं । भारतीय मार्सलआर्ट सस्थांनले जयपुरमा आयोजना गरेको अन्तराष्ट्रिय कराते नेपाली टोली १९ स्वर्ण १२ रजत ८ कांस्य करी कुल ३९ पदक सहित दोस्रो भएको छ । 
 
प्रतियोगितामा आयोजक राष्ट्र भारत ३१ स्वर्णसहित पहिलो भयो । भुटानले २ स्वर्ण , २ रजत र १ कांस्य पदक हात पार्दै  तेश्रोमा खुम्चियो । प्रतियोगितामा नेपाल लगायत भारत ,श्रीलंका ,बंगलादेश ,अफगानिस्तान र भुटान गरी ६ देश का ९०० जना खेलाडी सहभागि थिए । 
 
प्रतियोगितामा नेपालबाट ४३ जना खेलाडी सहभागि थिए । प्रकाश चन्दको नेतृत्वमा त्यसतर्फ गएको टोलीको प्रशिक्षक फूर्पा सिंह तामाङ थिए । रमेश डाँगी टिम व्यवस्थापकको रुपमा सहभागि भए । लाल बहादुर राना, गंगेश्वरी शाही र कृष्ण तिरुवाले रेफ्रीको भूमिका निर्वाह गरे । 
 
प्रतियोगितामा  नेपालका कोमल वली, अरुण वली, सुरेश खत्री, सुरज कुस्मी ,सन्तोष बिक, कुबेर खड्का, लोकेश बिस्ट, सुरज साउद,.दिपा थापा, अप्सरा लम्साल, रेश्मा तामांग, शारदा सुनुवार, सन्देश लामा, पुजा रानाभाट, लक्ष्मी रानाभाट, पुस्तिका शाह, रबिन शाही, निरन्जन केसी र दिक्षा खड्काले स्वर्ण जिते ।  
 
दीपक भण्डारी, प्रकाश भट्ट, समीक्षा शाही, किशोर रानामगर, टेक बहादुर शाही, संचिता राना, हरिश बोहरा, कक्ष्मन खाती, रुपेश श्रेष्ठ, अप्सरा लम्साल ,रेसमा सुनवार  र राजेश ठाकुरले  रजत पदक जिते । यसैगरी, नरेन्द्र गुरुङ ,अन्जु शर्मा, आयुस्मा रिजाल, हेमराज भट्ट, प्रकाश बिक, सेर बहादुर बिस्ट, हेमराज बटाला र शंकर बिकले कांस्य पदक जिते ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ