arrow

आइसीसीको टोलीले आशा जगायो

logo
प्रकाशित २०७३ साउन १२ बुधबार
ICC-and-CAN.jpeg.jpeg
काठमाडौं । नेपाली क्रिकेटको विवाद समाधानका लागि अध्ययनमा आएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको टोलीले वुधबार राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्य सचिव केशव कुमार विष्टलाई भेटेको छ । 
 
भेटका क्रममा टोलीले नेपाली क्रिकेटको विवादको कारण र तदर्थ समिति गठन गर्नु पर्ने अवस्थाका बारेमा चासो राखेको थियो । राखेप सदस्य सचिवले भने, ‘क्यानको निर्वाचन र तदर्थ समिति गठन गर्नु परेको कारण र अवस्थाबारे सोध्नु भएको थियो । यद्यपि, क्यान निलम्बन फुकुवा गर्नेमा सकारात्मक कुराकानी भयो ।’ उहाँहरु सकारात्मक हुनुहुन्छ । टोलीले विहिबार सबैलाई राखेर कुराकानी गर्ने भएको छ ।  
 
सोमबार काठमाडौं पुगेको तीन सदस्यीय टोलीले मंगलबार नेपाली क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा, पूर्व क्यानको तदर्थ समिति संयोजक विनयराज पाण्डेय र पूर्ण लामा तथा गएको पुसमा साधारण सभा गरी क्यान गठन गरेको चतुरबहादुर चन्द समूहसंग परामर्श गरेको थियो । 
 
टोलीमा डेभलपमेन्ट अफिसर अमर शेख, कन्सल्टेन्ट बन्दुला वार्नापुरा र एसोसिएट प्रतिनिधि इमरान ख्वाजा छन् ।आइसीसीका प्रमुख कार्यकारी डेभिड रिचर्डशन र कानुनी अधिकारी पल म्याक्माहन आउन सकेनन् । रिचर्डशन आएको भए प्रधानमन्त्रीसंग समेत भेट गर्ने कार्यक्र थियो । नेपाली क्रिकेटसंग जोडिएका सबै व्यक्ति एवं पक्षसंग छलफल गरेर प्रतिवेदन तयार पारी आउँदो अक्टोबरमा हुने बोर्ड बैठकमा पेश गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ