arrow

खेमकला-हरिकला लामिछाने प्रतिष्ठानले पुरस्कारका लागि छान्यो ५ कृती

logo
प्रकाशित २०७३ साउन ११ मंगलबार
jiba-lamichhane.jpg.jpeg
काठमाडौं। खेमकला-हरिकला लामिछाने प्रतिष्ठानले २०७२ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट पाँच उत्कृष्ट पुस्तक मनोनयन गरेको छ। यिनै पाँच कृतिमध्येबाट विद्वान मूल्याङ्कनकर्ताहरूले उत्कृष्ट ठहराएको एक कृतिलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गरिने प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले मंगलवार एक विज्ञप्ती निकाली जनाएका छन्। 
 
मनोनयनमा परेका कृतिहरूको वर्णानुक्रमानुसारको सूचि प्रतिष्ठानले सार्वजनिक गरेको हो। ति कृतीहरुमा रामलाल जोशीको कथासंग्रह ऐना रहेको छ। नीलम कार्की निहारिकाको उपन्यास चीरहरण, कुमार नगरकोटीको उपन्यास मिस्टिका, गिरीश गिरीको आख्यान वीरगञ्ज गैह्र र भूपिनको कवितासङ्ग्रह सुप्लाको हवाइजहाज पनि मनोनयनमा परेका छन्।  
 
गत वर्ष प्रतिष्ठानले विं. सं. २०७२ देखि लागू हुने गरी पुरस्कारको लागि आवेदनसहित पुस्तक दर्ता गर्नु नपर्ने र पुरस्कृत हुने कृतिको अन्तिम निर्णय गर्नुअगाडि पहिलो चरणमा छनोट भएका पाँच उत्कृष्ट पुस्तकहरूको सूचि सार्वजनिक गर्ने  निर्णय अनुसार यि मनोनयनमा परेका कृतीहरुको नामावली सार्वजनिक गरिएको लामिछानेले बताए। 
 
प्रतिष्ठानले विगत दश वर्षदेखि नेपाली साहित्यको उत्कृष्ट एक कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आइरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ