arrow

१७ बर्ष पुरानो 'हरिण प्रकरण' मा सलमानलाई सफाई

logo
प्रकाशित २०७३ साउन १० सोमबार
salmanhit.jpg.jpeg
एजेन्सी । कालो हरिण शिकारको दुबै आरोपबाट सलमान खानलाई ठूलो राहत मिलेको छ । भारतको  जोधपुर हाइकोर्टले  १७ बर्ष पुरानो यो मुद्दामा फैसला सुनाउँदै सलमानलाई सफाई दिएको हो ।
 
सलमानले भारतको तल्लो अदालतमा एक वा पाँच बर्षको  सजायलाई चुनौती दिएका थिए । राज्य सरकारले सुनाएको उक्त  सजाय माथि सलमानले  असन्तुष्ट जनाउदै  अपील गरेका थिए ।  
 
 सलमानले सन् १९९८ मा चलचित्र ‘हम साथ साथ हे’ को सुटिङको क्रममा दुईवटा कालो हरिणको शिकार गरेका बताइन्छ । तल्लो अदालतले अप्रिल १० मा सलमान खानलाई दोषी ठहराएको थियो भने सेसन कोर्टले सलमानलाई पाँच वर्षको कैद सजायँ सुनाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ