arrow

३ हजार ७ सय युवती बेचिनबाट जोगिए

logo
प्रकाशित २०७३ साउन १० सोमबार
womencrying.jpg.jpeg
भैरहवा । रोजगारीको नाममा जोखीम मोलेर भारत तथा भारत हँुदै तेस्रो मुलुक जान लागेका ३ हजार ७ सय ९६ जना किसोर किसोरीलाई परामर्श दिइएको छ ।मानव बेचबिखन तथा ओसार पोसारविरुद्ध सक्रिय संस्था के.आई नेपाल रुपन्देहीले गत आर्थीक वर्षमा जोखिम मोलेर सिमा नाका बेलहीया–सुनौली हुँदै भारत तथा भारत हुँदै तेस्रो मुलुक लैजान लागेका ३ हजार ७ सय ९६ जनालाई परामर्श दिइएको हो ।
 
घरपरिवारको सल्लाह बिना भारत जान लागेका यी मध्ये २ सय ६१ जनालाई सुचना तथा परामर्श पछि अभिभावकको जिम्मा लगाईएको छ । त्यस्तै दलालको विश्वासमा परी बेचबिखन तथा यौन शोषणमा पर्न सक्ने बढी सभांवना भएका २ सय २२ जनालाई थप अनुसन्धानकोलागी प्रहरीको जिम्मा लगाइएको छ । 
 
अघील्लो वैशाखमा गएको महाभुकम्पका कारण आफन्त गुमाएका तथा घरबार बिहीन भएकाहरु वाध्यतावस असुरक्षीत रुपमा भारत तथा भारत हुँदै असुरक्षीत रुपमा तेस्रो मुलुक जाने बढी रहेको के.आई नेपाल रुपन्देहीकी संयोजक तारा सापकोटाले जानकारी दिईन ।
 
 उनका अनुसार अरु बर्षको तुलनमा भुकम्प पछि असुरक्षीत रुपमा रोजगारीको नाममा विदेसीने किशोरी तथा बालबालीकाहरुको सङ्खख्या बढेको छ । जसमा भुकम्प प्रभावित जिल्लाहरु मकवानपुर, सिन्धुपाल्चोक, धादीन, नुवाकोट, काभ्रे, गोर्खा लगायतका छन् ।
 
यस्तै गत आर्थीक बर्ष २०७२/२०७३ मा मानवबेचखिन बिरुद्धका ४ बटा मुद्धा दर्ता गराइएको संयोजक सापकोटाले बताईन । रोजगारीको प्रलोभन देखाएर किशोरीहरुलाई बेचबिखन गर्ने उदेश्यले भारत लैजान लागेका उनिहरुलाई प्रहरीको सहयोगमा पक्राउ गरी मुद्धा दर्ता गरीएको हो ।
 
 सिमाबाट उद्धार गरीएका आठ जनालाई संस्थाले सचांलन गरेको सिपमु्लक तालीमकोलागी तालीम केन्द्रमा पठाइएको उनले बताईन् । तालीम केन्द्रमा बुटीक तथा सिलाकटाई तालमि दिईन्छ । मानव बेचबिखन तथा ओसार पोसारको बिरुद्धमा कार्यरत के.आई नेपालले विदेस जानलेलाई सिमामा सुचना तथा परार्म सेवाका साथै तालीम तथा सचेतना मुलक कार्यक्रमहरु गर्दै आएको छ । 
 
संस्थाले रुपन्देहीको देवदहमा समुह गठन समुहमा आवद्धलाई पुँजी परिचालन, वचत गर्ने बानिको विकास तथा सिप मुलक तालीम दिँदै आएको छ । देवदहमा १२ वटा समुह गठन गरी कार्यक्रम सचांलन भईरहेको छ ।  महीला माथी हुने हिसां न्युनिकरण तथा मानव बेचखिन अन्त्य गर्ने उदेश्यले विद्यालयहरुमा समेत सचेतना मुलक कार्यक्रम सचांलन गर्ने गरीएको संयोजक सापकोटाले बताईन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ