arrow

नेपाल चीन–मैत्री सम्बन्धको ६१ वर्षे स्मरण (डकुमेन्ट्री)

logo
प्रकाशित २०७३ साउन १० सोमबार
china-nepal-relaton.jpg.jpeg
काठमाडौं। नेपाल चीन मैत्री सम्बन्धको ६१ वर्षको मैत्री सम्बन्धलाई छोटो डकुमेन्ट्रीमा समेटेर चाइना रेडियो इन्टरनेशनलले नेपाली सेवामा प्रकाशित गरेको छ। उक्त संस्थाले आफनो नेपाली सेवामा गत बिहीबार प्रकाशित गरेको एक मिनेट ६ सेकेण्डको सो डकुमेन्ट्रीले ६० वर्षदेखिका नेपाली शासकहरूको चीन भ्रमणको स्मरण गराएको छ। 
 
उसले नेपाल–चीन मैत्री सम्बन्धको सुरूवात भएदेखि अहिलेसम्मको सबै कुरालाई डकुमेन्ट्रमा समेट्ने कोषिस गरिएको छ । सो डकुमेन्ट्री उक्त सेवाले आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको हो । उसले सो डकुमेन्ट्रीमा ‘हजारौं वर्षदेखि चीन र नेपाल बीचमा विभिन्न प्रकारका आदान–प्रदान भइरहेको २०१६ को अगष्ट एक तारिख चीन र नेपालबीचमा कुटनीतिक दौत्य सम्बन्ध स्थापना भएको ६१ औँ वार्षिकोत्सव रहेकोले दौत्य सम्बन्ध स्थापना भएको ६१ वर्षदेखि दुवै मुलुक बीचको परम्परागत मित्रता र सहयोग झन् झन् गहन हुँदै आएको छ। दुवै मुलुक बीचमा उच्चस्तरीय आदान–प्रदान पनि अझै घनिष्ट हुँदै गएको छ भनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ