arrow

जनकपुर उपमहानगरपालिका जलमग्न

logo
प्रकाशित २०७३ साउन १० सोमबार
tarai.jpg.jpeg
जनकपुरधाम । अविरल वर्षाका कारण जनकपुर उपमहानगरपालिकाका सम्पूर्ण वडा जलमग्न भएको छ । 
 
पानीको व्यवस्थित निकास नभएकाले सडक जलाशयमा परिणत भई ढलको पानी सडकमा नै बगिरहेको छ । वर्षाले उपमहानगरपालिकाका २७ वटै वडाका पुरानो घरमा पानी पसेको छ । 
 
पानीले राष्ट्रिय समाचार समिति, हुलाक , यातायातलगायतका सरकारी कार्यालय र आनन्दनगर, बलवा टोल, देवी चोक क्षेत्र डुबानमा परेको छ । 
 
त्यस्तै नगरको कदम चोक, पिडारी चोक, भानु चोक, विद्यापति चोक, विश्वकर्मा चोक, विमानस्थल, माछा बजार, कटैया चोरी, नयाँ बस्ती, पुल चोक, उद्योग वाणिज्य सङ्घ, अञ्चल अस्पताल र बाह्र बिघालगायतका क्षेत्रमा पानी बगिरहेको छ । 
पानीले टेलिफोन र विद्युत् प्रसारणसमेत प्रभावित भएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ