arrow

हरिण प्रकरणको निर्णय पर्खदै सलमान

logo
प्रकाशित २०७३ साउन ८ शनिबार
salman-news-24.jpeg.jpeg
एजेन्सी ।  बलिउडका दबंग सलमान खानको लागि अबको एक दिन सबैभन्दा तनाबको समय  रहनेछ । भारतको सर्वोच्च अदालतले कालो हरिण  मारेको आरोपमा  २५ जुलाईमा निर्णय  सुनदैछ ।  जस पश्चात सलमान जेल जाने वा उनले माफि पाउने सो कुराको तय हुनेछ ।
 
२५ जुलाईमा सलमान खान बिरुद्ध हरिण  शिकारको  अभियोगमा दुई फरक-फरक प्रकरणको फैसला हुने भएको हो । फैसला राजस्थान हाईकोर्टले सुनाउने छ , मे महिनाको अन्तिम साता सो बिषयमा बहस पुरा भएको थियो साथै न्यायाधीशले आफ्नो फैसला सुरक्षित रखेका छन् ।
 
सलमानले भारतको तल्लो अदालतमा एक वा पाँच बर्षको  सजायलाई चुनौती दिएका छन् । राज्य सरकारले सुनाएको उक्त  सजाय माथि सलमानले  असन्तुष्ट जनाउदै  अपील गरेका थिए । 
 
यदि हाइकोर्टले सलमानलाई सुनाइएको  पाँच बर्षको  सजायलाई बदर नगरेमा सलमान एक पटक पुन जोधपुर जेल जानु पर्नेछ । दुवै आरवपमा ट्रायल कोर्टको तर्फबाट  दोषी करार दिएपछि सेशन कोर्टले पनि सलमानलाई सजाय सुनाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ