arrow

ऐतराज केरुङ स्मृती गजल पुरस्कार गजलकार पँगेनिलाई प्रदान गरिने

logo
प्रकाशित २०७३ साउन ८ शनिबार
sahitya.jpg.jpeg
पाँचथर । यषवर्षको ऐतराज केरुङ स्मृती गजल पुरस्कार कास्की जिल्लाका गजलकार शिवराज (प्रकट) पँगेनिलाई प्रदान गरिने भएको छ ।पाँचथर याङनाम–५ निवासि ऐतराज केरुङको स्मृतीमा श्रीमति विष्णुमायाँ आङदेम्वे केरुङका छोराहरु बिमल, विरवल, सागर र मधु आजित केरुङ छोरीहरु निर्मला, गँगा, रोणि, र शिवकला केरुङले २०७० सालमा स्थापना गरेको गजल पुरस्कारको यषवर्षको पँगेनिलाई प्रदान गरिने भएको हो ।
 
हरेक वर्ष मोति जयन्तीको दिन गजल मञ्च पाँचथरको संयाजनमा प्रदान गरिने उक्त पुरस्कार यषवर्षपनि आगामि भाद्र १६ गते मोती जयन्तीको दिन एक कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरिने गजल मञ्च पाँचथरले फिदिममा आज विहान पत्रकार सम्मेलन गरि जानकारि गराएको छ ।
 
गजल र गिती सँग्रह गरि हालसम्म तीनओटा कृति बजारमा ल्याएर पाठककहरुलाई शब्दको स्वाद चखाइ गजल लेखनमा बेग्लै उचाई वनाईसकेका र हालसम्म २१ ओटा पदक तथा सम्माननित भईसकेका पंगेनीलाई पुरस्कार छनौट समितीबाट छनौट गरिएको पुरस्कार छनौट समितीका सँयोजक राज दिलाञ्जलिले वताए ।
 
पहिलो सँस्करणको पुरस्कार पाँचथरे गजलकार मदन मुर्छनालाई प्रदान गरिएको थियो भने दोस्रो ईलामका गजलकार सुन्दर कुरुप र तेस्रो अर्थात गतवर्षको झापाका गजलकार सुमित्रा वाङदेल ( चेलि)लाई प्रदान गरिएको थियो । पुरस्कार राशि पाँच हजार पाँच सय पचपन्न रहेको छ । यस्तै गजल मञ्च पाँचथरले आयोजना गरेको मेचि कोशि गजल प्रतियोगिता पनि सोहि दिन समापन हुने मञ्च  पाँचथरका अध्यक्ष दिपक स्पन्दन खनालले वताए ।
 
 यसको लागि अहिले मेचि कोशी दश जिल्लाका प्रतियोगिहरुको गजल संकलन भईरहेको र मोती जयन्तीको दिन भाद्र १६ गते फिदिममा स्मृती गजल पुरस्कारसगैँ प्रतियोगिहरुमध्ये विजेताको छनौट गरिने अध्यक्ष खनालले वताए । मेचि कोशि गजल प्रतियोगता विजेताले पाँच हजार पाँच सय पचपन्न प्रमाण पत्र यस्तै दोस्रो, तस्रो र सान्तवनालाई क्रमश चार हजार चार सय चौवालिस, तीन हजार तीन सय तेतिस र दुई हजार दुई सय बाईस प्रदान गरिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ