arrow

डिसी मेट्रोमा डा केसीको समर्थन; केसीको चिरायुको कामना

logo
प्रकाशित २०७३ साउन ५ बुधबार
kc-supporter-usa.jpg.jpeg
वासिडटन डिसी। अमेरिकाको डिसी मेट्रो क्षेत्रमा बसोवास गर्ने नेपालीले चिकित्सा क्षेत्रमा आमूल सुधार र भ्रस्टाचार विरुद्ध डा. गोविन्द केसीले सुरु गरेको अभियानमा समर्थन जनाएका छन्। हामी चाहन्छौः सुशासन, डा. केसी चिरायु रहुन जस्ता नारा लगाउदै उनीहरुले नेपालमा चिकित्सा क्षेत्रमा व्याप्त भ्रष्ट्राचार र अनैतिकता विरुद्ध आवाज उठाएका हुन्। 
 
कार्यक्रममा बोल्दै साहित्यकार कृष्ण धारावासीले मेडिकल माफियाबाट नेपाली चिकित्सा क्षेत्रलाई बचाउन डा. केसीको आन्दोलनमा समर्थन गर्नुको विकल्प नरहेको बताए। 
 
‘मेडिकल माफियाको जालमा प्रमुख दलहरु नेपाली काँगेस र नेकपा एमाले फसेका छन्। यो नै हाम्रो दुर्भाग्य हो’, उनले भने। नेपालका भ्रष्ट नेतालाई लाखौं इमेल र पत्रमार्फत डा. केसीको आन्दोलनको समर्थन गर्न बाध्य पार्नु विदेशमा रहेको नेपालीको दायित्व रहेको धारावासीले बताए। 
 
सामाजीक अभियन्ता उत्तम निरौलाले भ्रष्ट्राचारको समर्थन गर्ने वा विरोध नगर्ने नेपाली नेतालाई विदेशमा रहेका हरेका नेपाली संगठनले बहिस्कार गर्नु पर्ने कुरामा जोड दिए। 
 
‘चाहे कांग्रेस हुन, एमाले वा माओवादी नेता भ्रष्ट भएकाले नै नेपालमा समस्याको निकास ननिस्कनमा तिनीहरु नै दोषी छन्’, उनले भने । 
 
स्वास्थ्य क्षेत्रको व्यापारिकरण नेपालको जस्तो देशका लागि उपयुक्त नभएकोले विरोधका आवाज बुलन्द गर्नु परेको नेपालमा स्वास्थ्यकर्मी समेत रहेका राजन घिमिरेले बताए। ‘म डा. केसीलाई राम्रोसंग चिन्छु, उहाँको आन्दोलनमा व्यक्तिगत स्वार्थ छदैछैन तसर्थ हामीले उहाँको आन्दोलनमा समर्थन गर्नु हाम्रो नैतिक दायित्व हो।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ