arrow

मदिरा निषेधित क्षेत्र घोषणा

logo
प्रकाशित २०७३ साउन २ आइतबार
raksi.jpg.png
बैतडी । मदिराले हिंसाका घटना तथा सामाजिक विकृति बढ्न थालेपछि बैतडीको थालाकाँडा गाविसमा मदिरा निषेध गरिएको छ ।
 
गाविसमा मदिराजन्य गतिविधिहरु धेरै हुन थालेपछि आजदेखि मदिरा बेचबिखन तथा ओसारपसार र सेवन बन्द गरिएको हो । 
 
गाविसमा शनिबारदेखि कसैले मदिराको कारोबार, ओसारपसार र सेवन गर्न पूर्णरुपमा रोक लगाइएको गाविस सचिव टेकराज खड्काले जानकारी दिए।
 
मदिरा बेचबिखन गर्नेलाई पहिलोचोटी सात हजार र सेवन गर्नेलाई तीन हजार जरिवाना गरिने बताइएको छ । 
 
निषेध गरिएका क्रियाकलाप कसैले दो¥याएर गरेको पाइएमा दोब्बर जरिवाना गरिने निर्णय भएको स्थानीयवासी भक्त साउदले जानकारी दिए।
 
गाउँमा मदिरा सेवन गरी होहल्ला गर्नुका साथै विकृति फैलिएको भन्दै गाविसमा मदिरा निषेध गरिएको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ