arrow

भारतीय सुरक्षाकर्मीलाई कारबाहीको माग, सुनसरीमा एसएसबीबाट प्रहार गोलीको खोका भेटियो

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1054534428.jpeg
काठमाडौं । सरकारले सुनसरीस्थित नेपाल–भारत सीमा क्षेत्रको नेपाली भूमिमा छिरेर भारतीय सुरक्षा बल एसएसबीले नेपाली नागरिकलाई गोली चलाएको घटनाका विषयमा आपत्ति जनाउँदै घटनाको छानविन गर्न भारत सरकारलाई आग्रह गरेको छ । सरकारले दोषी सुरक्षाकर्मीलार्ई कारबाहीको गर्न समेत भनेको छ । 
 
परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ती जारी गर्दै बुधबार सुनसरीको हरिपुर–७ मा नेपाल–भारत सीमा क्षेत्रको दशगजाबाट सय मिटर नेपालतर्फ भारतीय सीमा सुरक्षाबलको टोली प्रवेश गरेर निर्दोष नेपालीमाथि गोली चलाएको र गोली लागेर चार नेपाली घाइते भएको जनाएको छ । घटनाबारे काठमाडौंस्थित भारतीय दूतावास मार्फत भारत सरकारको ध्यानाकर्षण गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै विज्ञप्तीमा अब उपरान्त यस्तो गल्ती नगर्न भनिएको छ । 
 
यसअघि, बुधबारै नेपाल स्थित भारतीय राजदूतावासले विज्ञप्ती जारी गरेर एसएसबीको गस्ती टोलीलाई तस्करले आक्रमण गरेको र सो घटनामा कुनै नेपाली घाइते नभएको जिकिर गरेको थियो भने घटना समेत नेपाली भूमिमा नभई भारतीय भूमिमै भएको ठोकुवा गरेको थियो । 
 
घटनास्थलमा एसएसबीले प्रहार गरेको गोलीका खोका भेटिए 
सुनसरीको भन्टाबारीस्थित पूर्वी टोलमा बुधबार भारतीय सीमा सुरक्षा बल एसएसबीले प्रहार गरेको इन्सास राइफलको गोलीका तीनओटा खोका भेटिएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सुनसरीको टोलीले घटनास्थलबाट इन्सास राइफलको ५ दशमलव ५६ एमएमको खोका भेटेको हो । एसएसबीले चलाएको गोली लागेर सुनसरी हरिपुर–७ का अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ