arrow

संसदमा कड्कीयो कांग्रेस, सभामुखले सत्तारुढ दलकै पक्ष लिएको आरोप

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1965871031.jpeg
काडमाडौं । संसदीय परम्परा तोडेको भन्दै प्रमुख विपक्षी दल कांग्रेसले अवरोध गरेपछि  व्यवस्थापिका–संसद बैठक स्थगित भएको छ । बैठक एकै पटक मंसिर १५ बस्ने छ ।  विहीबारको बैठक सुरु भएलगत्तै सभामुख ओनसरी घर्तीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई बोल्न समय दिएपछि प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले विरोध गरेपछि बैठकको काम कारबाही असिघ बढ्न सकेन । 
 
संसदीय परम्परामा सबै भन्दा पहिले प्रमुख विपक्षीलाई बोल्न दिनुपर्नेमा त्यसो नगरिएको भन्दै कांग्रेस सांसदहरुले विरोध गरेका हुन् । यादवले बोल्न सुरु गर्नेवित्तिकै कांग्रेस सांसदहरुले विरोध जनाएपछि यादवले समेत बोल्न पाएनन् । 
 
कांग्रेस सांसदहरु सबै आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएपछि सभामुख घर्तीले मंसिर १५ गते बिहान ११ बजे सम्मका लागि बैठक स्थगित गरेकी हुन् ।  बैठक सकिएपछि कांग्रेस सांसदहरुले सभामुख घर्तीले सत्तारुढ दलहरुकै पक्ष लिएर प्रक्रिया मिचेको जिकिर गरे । अहिले सम्म नभएको अभ्यास भएकामा कतिपय सांसदहरुले त आक्रोश पोखे । 
 
बैठकबाट बाहिरिने क्रममा फोरम अध्यक्ष यादवले कांग्रेसले आफूहरुको आवाज दबाउनका लागि निषेधको राजनीति गरेको आरोप लगाए । केही दिन अघि आफुुहरुको आन्दोलनको सम्पूर्ण जिम्मा कांग्रेसलाई दिने उद्घोष गरेका यादवले संसद बैठकमा बोल्न नपाएको झोंकमा आफुहरुको आवाज दबाउन खोजेको आरोप लगाएका हुन् ।  
 
बैठकबाट बाहिरिएपछि सन्चारकर्मीसँग सभामुख घर्तीले प्रमुख सचेतकहरुको सल्लाहमा विशेष अवस्थाले फोरम अध्यक्ष यादवलाई बोल्न दिइएको र त्यसलाई अन्यथा लिन नहुने धारणा राखिन् । 
 
देशको वर्तमान समस्या समाधानबारे आन्दोलनरत मधेशी मोर्चाको तर्फबाट यादवले बोल्ने चाहना राखेपछि विशेष अवस्थाले प्रमुख विपक्षी भन्दा पहिले बोल्न दिएको तर्क सभामुखको घर्तीले गरिन् । यसलाई ठूलो विषय बनाउनु पर्ने कुनै आवश्यकता नरहेको सभामुखको भनाई छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ