arrow

भारतीय संसदीय समितिमा नेपाल बहस, कसले के भने ?

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1369799227.jpeg
काठमाडौ  । नेपाल–भारत सीमामा देखिएको असहजता, नेपालमा उत्पन्न मानविय संकट र मधेस आन्दोलन सहितका विषयमा भारतमा पहिलो पटक संसदीय समितिको बैठकमा छलफल भएको छ । छलफलमा भारत सरकारको तर्फबाट विदेशमन्त्री शुष्मा स्वराजको उपस्थिति रहेको थियो । बैठकमा नेपाल मामिलाको विषयमा स्वराजले सरकारी धारणा राखेकी थिईन । 
 
बैठकमा कस्ले के भने ?
भगत सिंह कोसियारी, सत्तारुढ भारतीय जनता पार्टीका पूर्व उपाध्यक्ष
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा उनले नपालको समस्या नेपाली आफैले समाधान गर्नु पर्ने भन्दै एमाले, काग्रेस, एमाओवादी र मधेसबादी दलहरु बसेर समस्या समाधानकोलागि छलफल गर्नु पर्ने बताए ।
उनले भारतले नेपालमा नाकाबन्दी लगायो भन्ने कुरा अफवाह मात्रै भएको भन्दै नाकाबन्दी आन्दोलनरत मधेसी दलहरुले लगाएको दावी गरे । उनले भने,‘भारतलाई दोष दिएर नेपालीहरु उम्किन पाउँदैनन । नेपाललाई हेर्ने भारतको नीतिमा कुनै परिवर्तन छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नाकाबन्दी गरेको भन्ने कुरामा एक प्रतिसत पनि सत्यता छैन ।’

कोसियारीले  भारतको चाहना नेपालको शान्ति, स्थायीत्व र विकास रहेको भन्दै नेपालमा उत्पन्न औषधी र ईन्धन संकट समाधानको विषयमा आफूले भारतीय प्रधानमन्त्रीसँग कुरा गरिरहेकोले केही समयमै सहज हुने विश्वास ब्यक्त गरे । उनले भारत नेपालको जलस्रोत, नदि, उर्जा साथै हिन्दु राष्ट्र चाहन्छ भन्ने कुुरालाई गलत भन्दै नेपालमा अब राजसस्था आउन नसक्ने बताए ।

करण सिंह, काग्रेस आईका बरिष्ठ नेता
आफ्नो पहलमा नेपाल सम्बन्धी छलफल गन संसदीय समितिको बैठक बसेको भन्दै बैठकमा विदेशमन्त्री शुष्मा स्वराजलाई आफूले स्पष्ट रुपमा नेपालमा किन नाकाबन्दी गरेको भनि प्रश्न गरेको जानकारी दिए । जवाफमा स्वराजले आफू नेपाल भारत सीमामा कस्ले अवरोध गरिरहेको छ भनि अन्तर्राष्ट्रिय मिडिया र राजनीतिक दलका नेताहरुलाई लिएर जान तयार रहेको बताएका थिईन । सिंहले भारत र नेपालका सत्तारुढ दलहरु मिलेर समस्या समाधान गर्नु पर्ने भन्दै संसदको बैठकमा समेत काग्रेस आईले नेपालको मामिला उठाउने जानकारी दिए ।
उनले नेपालमा जारी भएको संविधानलाई भारतीय काग्रेस आईले स्वागत गरेको बताए पनि मधेसीको माग भने संविधानमा समावेश हुनु पर्नेमा जोड दिए ।

सिंहले भने,‘ नाकाबन्दी लगाएको भए भारतले हटाउनु पर्छ । नेपालमा पनि समस्या समाधान हुनु पर्छ । भारतको नेपाल नीतिमा कुनै परिवर्तन छैन । तर नेपालीलाई परेको पीडामा काग्रेस आई चुप लागेर बस्दैन । प्रधानमन्त्री मोदीसँग पनि कुरा गर्छ ।’

सरद यादव, जनता दल यूनाईटेड अध्यक्ष
नेपालको विषयमा संसदमा कुरा उठाउने गरी छलफल गरिरहेको जानकारी दिदै नेपालमा पनि दलहरुले मधेसको मुद्दा संबोधन गरेर निकास खोज्नु पर्नेमा जोड दिए । उनले संसदीय समितिमा आफुहरुले नेपालको पीडाको विषयमा कुरा उठाएको जानकारी दिदै विहारसँग विशेष सम्बन्ध रहेको कारण पनि आफूहरु नेपालको समस्यामा बढी संबेदनशिल भएको बताए ।

सीताराम ऐचुरी, भारतीय कम्यूनिष्ट पार्टी (माक्र्सबादी) महासचिव
नेपालको पीडामा चुप लागेर बस्न नसक्ने भन्दै नेपालको मुद्दा संसदमा दह्रो ढंगले उठाउने प्रतिबता ब्यक्त गरे । उनले नेपालमा जारी समस्या संबादबाटै तत्काल टुङग्याउन समेत सुझाव दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ