arrow

क्लासिकमा यस्तो देखिए आर्यन–नम्रता(फष्टलुक)

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
229690722.jpeg
काठमाडौं । नेपाली चलचित्रको पर्दामा सफल मानिएको जोडी हो, नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको । गतबर्षको  सफल चलचित्र ‘नोभेम्बर रेन’ पछि यो जोडीको माग पर्दामा ह्वात्तै बढ्यो । चलचित्रको सफलताले दुई कलाकारलाई मात्र सफल बनाएन, यसको निर्माण कम्पनी र अन्य युनिटलाई पनि सफलताको स्वाद चखाइदियो ।

सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको व्यानरले ‘नोभेम्बर रेन’को सफलतापछि नयाँ चलचित्र ‘क्लासिक’ निर्माण गरेको छ । एकसाथ काम गरेर सफल बनेका यी दुई ब्यानरले  निर्माण गरेको ‘क्लासिक’को कुनै पनि तस्बिर हालसम्म बाहिरिएको छैन । यसकारण पनि यो चलचित्र दर्शकका लागि प्रतिक्षामा छ ।

माघ २९ गते नेपालभर प्रदर्शनमा आउने तयारीका साथ धमाधम यो चलचित्रको काम भैरहेको छ । दर्शकको प्रतिक्षाको घडीलाई समाप्त गर्दै चलचित्रको निर्माण यूनिटले यसको फस्ट लुक सार्वजनिक गरेको छ । दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रको छायांकन केही दिन बाँकी छ । निर्माता सुवास गिरीले चलचित्रको पोष्ट प्रोडक्शनको कामसँगै प्रचारलाई पनि सुरुवात गरिएको बताए । उनले भने–‘हामीले अहिलेसम्म कुनै पनि तस्बिर सार्वजनिक नगरेर चलचित्रलाई दर्शकलाई उत्सुकतामा राखेका छौ । फस्ट लुकबाट चलचित्रको बारेमा दर्शकले केही जानकारी पाउनुहुनेछ ।’

राजेश श्रेष्ठको छायांकन, ताराप्रकाश लिम्बुको संगीत, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको द्धन्द्ध, रेनशा वान्तवा राइको कोरियोग्राफी, छेतन गुरुङको लेखन चलचित्रमा छ । सांगीतिक लभस्टोरी यो चलचित्रमा आर्यन सिग्देल र नम्रता श्रेष्ठले आँखा देख्न नसक्ने पात्रको भूमिका निर्वाहा गरेका छन् । उनीहरुलाई सुशिल काफ्ले, प्रज्वल गिरी, रोमी घिमिरे लगायतले साथ दिएका छन् ।

सार्वजनिक फस्टलुकले चलचित्र भित्रका विभिन्न पाटोहरुलाई चित्रित गरेको छ । चलचित्र सांगीतक लभस्टोरीको साथमा यसमा गाँसिएका हाँसो, मित्रता, प्रेम, वियोगका कुरालाई फस्ट लुकले प्रतिविम्बित गरेको छ । प्रेम दिवसको अवसर पारेर दर्शकलाई हामीले सांगीतिक लभस्टोरी चलचित्र पस्कने तयारी गरेका छौ, नायक आर्यन सिग्देलले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ