arrow

राजनीतिक हस्तक्षेप नहटे खेलकुदको दुर्घटना टर्दैन : मन्त्री मण्डल

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1000130432.jpeg
काठमाडौं । युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले खेलकुद क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनेमा आफुले पहिलो प्राथमिकता दिने बताएका छन् । नेपाल ओलम्पिक कमिटीले मन्त्री मण्डललाई स्वागत गर्न बुधबार आयोजना गरेको कार्यक्रममा मन्त्री मण्डलले राष्ट्रकै प्रतिष्ठा खेल जगतमा देखिएको चरम राजनीतिक हस्तक्षेपको अन्त्य नगरेसम्म वर्तमान समस्या समाधान नहुने तर्क गरे । 
 
मन्त्री मण्डलले नयाँ संविधानमा खेल क्षेत्रका लागि आवश्यक ऐन, कानुन संशोधन गर्दा सरोकारवालाहरुको माग र आवश्यकतालाई ध्यान दिने आश्वासन दिए । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक बजेट विनियोजनका लागि अर्थमन्त्रीले सकारात्मक प्रण गरेकाले बजेटको अभाव नहुने मन्त्री मण्डलको भनाई छ । 
 
कार्यक्रममा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदको अन्तर्राष्ट्रिय नियम र अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटीको बडापत्रअनुसार नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय संघहरुले स्वायत्तता पाउनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ