arrow

राष्ट्रिय अस्तित्व रहेसम्म हिन्दुधर्म जीवन्त रहन्छ : नेता महत

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
429272010.jpeg
हेटौडा । काँग्रेस नेता रामशरण महतले मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय अस्तित्व रहेसम्म हिन्दुधर्म जीवन्त रहने र कसैले खोस्न नसक्ने बताएका छन् । नेपाल तीर्थ प्रकाशक सङ«घ हेटौडाले आोजना गरेको नौदिने श्रीएघा महायज्ञको समापन समारोहमा नेता महतले हालै जारी भएको संविधानमा हिन्दु धर्मलाई उच्च प्राथमिकता दिन नसकिएको भए पनि बहुसङ्ख्यक नेपालीको आस्थालाई संविधान र ऐनले निषेध गर्न नसक्ने धारणा राखे । 
 
समाजमा धार्मिक स्वतन्त्रता प्रदान गरी मानव सभ्यता र परोपकारी भावनालाई अगाडि बढाउनुपर्ने महतको भनाई छ । सांसद इन्द्रबहादुर बानियाँले सबै नेपालीलाई हिन्दुधर्मप्रति आस्था राख्न र व्यावहारिकरुपमा मठमन्दिर जान कानुनले रोक नलगाएकाले नेपालीहरु विचलित हुन नपर्ने उल्लेख गर्दै धर्म मात्रै नभनी देशको आर्थिक समृद्धितर्फ लम्कनुपर्नेमा जोड दिए । 
 
सो अवसरमा नेता डा महतले महायज्ञमा सहभागी भई योगदान पु¥याउनुभएका विभिन्न पण्डित एवम् समाजसेवीहरुलाई दोसल्ला ओढाई अभिनन्दन गर्नुभयो । सरकारमा सहभागी नभए पनि वर्तमान मधेस समस्यालाई तत्काल समाधान गर्नेतर्फ क्रियाशील रहेको उल्लेख गर्नु भयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ