arrow

नाकाबन्दीले शिक्षा क्षेत्रलाई ठूलो असर : मन्त्री पोखरेल

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1550007330.jpeg
भक्तपुर, सानोथिमि । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भारतले गरेको अघोषित नाकाबन्दीले देशको शिक्षा क्षेत्रमा ठूलो असर परेको बताएका छन् । शिक्षा मन्त्रालयमा कार्यरत निजामतीहरुको संगठन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको तेस्रो अधिवेशनको उद्घाटन गर्दै शिक्षामन्त्री पोखरेलले नाकाबन्दी, बन्द र हडतालका कारण शिक्षा क्षेत्र अप्ठ्यारो अवस्थामा पुगेको उल्लेख गरे । 
 
मन्त्री पोखरेलले शिक्षालाई समाजवादी दृष्टिकोणबाट हेरिनुपर्ने भन्दै समग्र शिक्षाक्षेत्रको व्यापक प्रणालीगत विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।  वर्तमान सरकारलाई सयौँ ऐन नियम बनाउने कार्यभार रहेको औँल्याउँदै शिक्षामन्त्री पोखरेलले संविधानमा उल्लेख भएअनुसार नेपालको शिक्षा प्रणालीलाई पुनःसंरचित गर्नुपर्ने आवश्यकता रहेको बताए । 
 
शिक्षा क्षेत्रमा रहेको मनोमानी हटाउनुपर्ने बताउँदै मन्त्री पोखरेलले यसलाई हुनेखाने वर्गबाट तल्लो वर्गसम्म पुर्याउनुपर्नेमा जोड दिए । । मन्त्री पोखरेलले शिक्षामा चाहिने बजेट, समाजवाद उन्मुख शिक्षा नीति र सार्वजनिक शिक्षाबारे व्यापक छलफल आवश्यक रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ