arrow

भारतीय दूतावासको दादागिरी : ‘गोली लागेकाहरु नेपाली हाेइनन्’

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1419995104.jpeg
काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले सुनसरीमा भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरुले नेपाली भूमिमै प्रवेश गरी निर्दोषमाथि अन्धाधुन्धा गोली चलाएको समाचारबारे असहमति जनाएको छ । भारतले नेपाललाई नाकाबन्दी नगरेको जिकिर गर्दै आएको दूतावास अहिले निकै व्यस्त देखिन्छ । दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै इटहरी घटनाका घाइतेहरु भारतीय नै भएको र घटना समेत भारतीय भूमिमै भएको जिकिर गरेको छ । दूताबासले भाइते नेपाली नागरिक होइनन् भन्दै नेपाली संचारमाध्यममा आएका समाचारको खण्डन गरेको छ । 
 
विज्ञप्तिमा संचारमाध्यममा आएजस्तो नेपाली घाइते भएको नभइ भारतीय तस्करहरुसँग मुठभेड भएको र त्यस क्रममा एसएसबीका एक कन्स्टेबल घाइते भएको उल्लेख छ । दूतावासले विज्ञप्तिको अन्तिम लाइनमा कडाईका साथ भारतीय सीमामा एसएसबीले कडा सुरक्षा दिइरहने जनाएको छ ।
 
एसएसबीको टोली बुधबार बिहान नेपाली भूमिमा आएर अन्धाधुन्धा गोली चलाउँदा सुनसरीमा चार नेपाली घाइते भएका छन् । घाइते चार मध्ये हरिपुर गाविसका अशोक यादव, मनोज यादव र सरोज यादवको अवस्था गम्भीर छ । उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । सामान्य अवस्थाका नरेश यादवको भने जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नेपाल–भारत सीमाको भन्टाबारीस्थित हरिपुर गाविस–७ मा भारतबाट आएका १० जवानले अन्धाधुन्ध गोली चलाएका थिए । 
 
विज्ञप्तीको पूर्ण पाठ
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ