arrow

कतारमा एक नेपालीको मृत्यु

logo
प्रकाशित २०७३ असार २७ सोमबार
qatar.jpg.jpeg
राजविराज । रोजगारीको सिलसिलामा कतार गएका एक नेपालीको मृत्यु भएको छ । मृृत्यु हुनेमा सप्तरीको बनौली गाविस–९ निवासी ३१ वर्षीय बौवाला चौधरी रहेको पीडितका परिवारले बताएका छन् । 
 
चौधरी शनिबार राति खाना खाएर सुतेको र आइतबार बिहान मृत अवस्थामा फेला परेका थिए । 
कतारको मदिनामा बिलडिङ बर्कका रुपमा कार्यरत चौधरी गत जेठमा रोजगारीको लागि कतार गएका थिए । 
 
मृतकको शवलाई नेपाल ल्याइदिनका लागि उनका परिवारजनले सरकारलाई आग्रह गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ