arrow

मेसी र सुआरेजले बार्सिलोनालाई जिताए, रोमाकाे पोष्टमा ६ गोल

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1715182977.jpeg
एजेन्सी । स्पेनिश क्लव बार्सिलोना र जर्मन क्लव बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा पुगेका छन् । मंगलबार राति भएको समूह ई को खेलमा बार्साले इटालियन क्लव एएस रोमाको पोष्टमा ६ गोल हान्यो । रोमाले खेलको अन्तिम समयमा एक गोल फर्कायो ।
बार्सिलोनालाई विजयी गराउन लुइस सुआरेजले र लियोनल मेसीले २, जेरार्ड पिकु र एड्रिआनोले १–१ गोल गरे । रोमाका इडिन डेजेकोले सान्त्वना गोल फर्काए । यो जितसंगै बार्सिलोना समूहमा ५ खेलबाट १३ अंक जोड्दै अन्तिम १६ मा पुगेको छ । सोही समूहको अर्को खेलमा बेलारुसको बाते बोरीसोभले जर्मन क्लव बायर लिभरकुजेनलाई १–१ गोलको बराबरीमा रोक्यो । 
 
समूह एफ को खेलमा ग्रिसको ओलम्पियाकोसलाई जर्मन क्लव बायर्न म्यूनिखले ४–० ले गोल अन्तरले हरायो । जितसंगै बायर्न समेत अघिल्लो चरणमा उक्लिएको छ ।  समूह एफ्कै अर्को खेलमा इङ्गलिश क्लव आर्सनलले क्रोएसियन क्लव डाइनामो जाग्रेबलाई ३–० ले पराजित गरेको छ । जितपछि आर्सनलको नक आउट चरणमा पुग्ने सम्भावना जिवित छ । समूहको अन्तिम खेलमा आर्सनलले ग्रिसको ओलम्पियाकोससँग खेल्ने तालिका छ ।
 
मंगलबार रातिनै भएको समूह जी को खेलमा इङ्गलिश क्लव चेल्सीले ईजरेली क्लव मकाबी तेल अभिभलाई ४–० हरायो । चेल्सीलाई विजयी गराउन ग्यारी काहिल, विलिअन, ओस्कार र कर्ट जुमाले एक–एक गोल गरे । पहिलो हाफ अघि ४१औं मिनेटमा मकाबीका ताल बेन हैम रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० जनामा सिमित भएको थियो । यो जितले चेल्सीको नक आउट चरणमा प्रवेश गर्ने सम्भावना जिवित बनेको छ । समूहको अन्तिम खेलमा चेल्सीले एफसी पोर्टोको सामना गर्नेछ ।
 
यस्तै सोही समूहको अर्को खेलमा युक्रेनको डाइनामो किभले पोर्चुगिज क्लव एफसी पोर्टोलाई २–० ले हरायो ।  लिग अन्तर्गत समूह एचको खेलमा रुसी क्लव जेनिथले स्पेनिश क्लव भ्यालेन्सियालाई २–० ले पराजित गर्दा बेल्जियमको गेन्टले फ्रेन्च क्लव लियोंलाई २–१ ले हरायो । यी खेलहरुसंगै शीर्ष क्लवहरु उकासिएपछि लिग रोचक बन्दै गएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ