arrow

हट सुष्माको रोमान्टिक प्रेम रुप(भिडियो)

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
547538143.jpeg
काठमाडौं । फिल्ममा नायिकाको भूमिकामा अभिनय गर्दा खासै चर्चामा नआए पनि अभिनेत्री सुष्मा कार्की फिल्म ‘लुट’को ‘उध्रेको चोली’ आइटम गीतबाट ह्वात्तै चर्चामा आईन् । त्यसपछि अधिकांश फिल्ममा उनले आइटम गीतमै नाँच्न समय दिईन् । आइटम गीतको कारण सामान्य गीतमा नाँच्न सक्ने यी नायिकाको छवि विस्तारै आइटम नायिकाका रुपमा चिनिन थालियो ।

तर अब भने यी नायिकालाई आइटम छविलाई सुधार्दै माया प्रेमका गीतमा आफुलाई ढाल्दै लगेकी छन् ।  क्रस फिन्गर्स इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्म ‘चलेछ बतास सुस्तरी’को सार्वजनिक शीर्ष गीतमा सुष्माको प्रेम रुपलाई दर्शकले प्रष्ट देख्न सक्नेछन् । प्रदिप भारद्वाजले निर्माण गरेको फिल्मको गीतमा सुष्माले प्रदिपका भाई प्रमोदसँग रोमान्स गरेका छन् । मुडेलगायतका स्थानमा छायांकन गरिएको फिल्मको गीतसँगै छायांकन पाटो पनि राम्रो रहेको छ ।

स्वरुपराज आचार्य र प्रविशा अधिकारीको स्वर, प्रदिपको रचना र विकास चौधरीको संगीतमा तयार भएको गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । सवु सुवेदी र अनिला खड्काले निर्देशन गरेको फिल्ममा हरी घलेको छायांकन, अर्जुन जीसीको सम्पादन छ । फिल्म माभ २९ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ