arrow

वर्षाको विनाश : घर भत्किँदा दुई बालकको मृत्यु

logo
प्रकाशित २०७३ असार १५ बुधबार
nuwakot-hamrakura.jpg.jpeg
नुवाकोट । गएरातिको अविरल वर्षाका कारण नुवाकोटको बुङताङ गाविसमा घर भत्किदा दुई बालकको मृत्यु भएको छ । 
 
बुङताङ गाविस–४ डोटाटोलमा रहेको मेघबहादुर तामाङको घर भत्किँदा दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मृत्यु हुनेमा १२ वर्षीय आइतराम तामाङ र पाँच वर्षीय आशिष तामाङ छन् । 
 
उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा परी आठ वर्षीया विमला तामाङ घाइते भएकी छन् । भूकम्पका कारण भत्किएको ढुङ्गा माटोको घरमा परेको पानीले गाह्रो गलेपछि उक्त घटना भएको बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ