arrow

ललित स्मृति यु–१८ फुटबलको उपाधि आर्मीलाई

logo
प्रकाशित २०७३ असार १५ बुधबार
aarmi-win-,,-u-18.jpg.jpeg
सातदोबाटो । ललित स्मृति यु–१८ फुटबलको उपाधि त्रिभुवन आर्मी  क्लबले जितेको छ । ललितपुरको सातदोबाटोमा वुधबार भएको फाइनलमा लुम्बिनी क्लबलाई टाइब्रेकरमा ३–१ ले हराउदै  आर्मीले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
 
निर्धारित ९० मिनेटमा खेल १–१ को बराबरी भएपछि उपाधि छिनोफानो गर्न टाइब्रेकरबाट निर्णय लिइएको हो । एन्फा कम्प्लेक्समा लुम्बिनी फुटबल क्लबले सुरुवाती अग्रता लिएपनि निरन्तरता दिन नसक्दा आर्मीसँग पराजय व्यहोर्नु परेको हो । 
 
खेलको छैटौँ मिनेटमा लुम्बिनीका लागि जनोम मान लिगलले गोल गर्दै १–० को अग्रता दिलाए । पहिलो हाफमा बलियो प्रदर्शन गरेको लुम्बिनीले दोस्रो हाफमा निराशाजनक प्रदर्शन गर्यो । आर्मीका लागि खेलको ७५ औँ मिनेटमा प्रेजन तामाङले गोल गर्दै १–१ को बराबरीमा गरे ।
 
त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन । आर्मीलाई उपाधि दिलाउने क्रममा गोल किपर अर्पण कार्की नायक सिद्ध भए । उलले लुम्बिनीका खेलाडीको २ सशक्त प्रहार रोकेका थिए । यो जितसंगै आर्मीले ३ लाख पायो भने, उपविजेता बनेको लुम्बिनीले १ लाख ५० हजारमा चित्त बुझायो । 
 
अखिल नेपाल फुटबल संघ एन्फाका तत्कालीन कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको गत वर्ष जेठ २९ गते करेन्ट लागेर निधन भएपछि उनकै संझनामा यो प्रतियोगिता भएको हो । प्रतियोगितामा १२ टोली सहभागि थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ