arrow

टर्कीका राष्ट्रपतिद्धारा आतङ्ककारी विरुद्ध एकबद्ध हुन विश्वलाई आह्वान

logo
प्रकाशित २०७३ असार १५ बुधबार
Recep-Tayyip-Erdogan.jpg.jpeg
अङ्कारा । टर्कीका राष्ट्रपति रेसेप तापिप इर्डोगानले टर्कीको राजधानी इस्तानबुलमा रहेको एक अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार साँझ भएको आतङ्ककारी हमलाको कडा शब्दमा निन्दा गर्दै आतङ्ककारी विरुद्ध विश्व नै एक भई लड्नुपर्ने बताएका छन् । 
 
स्तानबुलको अतातुर्क विमानस्थलमा भएको सो आत्मघाती हमला परी ३६ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा अन्य १४० भन्दा बढी व्यक्ति घाइते भएका छन् । आतङ्ककारी सङ्गठनले निर्दोष नागरिकको ज्यान लिएका इर्डोगानद्धारा जारी लिखित विज्ञप्तिमा जनाएका हुन् । 
 
उनले सरकार, संसद सञ्चारमाध्यम र नागरिक समाज सङ्गठनसहित समग्र विश्वलाई नै आतङ्ककारी विरुद्ध एकबद्ध भई लड्नको लागि आह्वान गरेका हुन् । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तर पनि टर्कीका सुरक्षा अधिकारीहरुले भने सो आक्रमणमा इस्लामिक स्टेट्स, आइएसको हात रहेको अनुमान गरेका छन् । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ