arrow

बझाङमा १७ मिनेटमै २ भूकम्प

logo
प्रकाशित २०७३ असार १५ बुधबार
bhukampa-new-bajhang.jpg.jpeg
काठमाडौं । बझाङमा आज दुई वटा भूकम्प गएका छन् । दिउँसो २ बजेर ५५ मिनेट जाँदा सेती बिशाल झरना नजिक केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको छ भने, त्यसको केही समयमा ३ बजेर १२ मिनेट जाँदा सुनिकोट आसपास केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 
 
भूकम्पले खासै क्षति नपुर्याएपनि भूकम्पको झट्का डोटी, डडेल्धुरा, अछाम सम्म महसुस भएको बताइएको छ । गत वर्ष वैशाख १२ को गोरखा भूकम्पपछि अझै नयाँ भूकम्प जाने क्रम र पराकम्पन आउने क्रम रोकिएको छैन । शुक्रबार मात्रै दोलखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्पन आएको थियो । 
 
केही समय अघि भूगर्व शास्त्रीहरुले गरेको अध्ययनमा बहु प्रतिक्षको पश्चिम सेती बन्न लागेको सो क्षेत्रमा भूम्पीय जोखिम रहेकाले यति क्षमताको ड्याम बन्ने तथा यति क्षमताको विद्युत् उत्पादन हुने भन्नेमा अन्योल देखिएको थियो । जलविद्युत् क्षेत्रका जानकारहरुले ७ सय ५० मेगावाट विद्युत् उत्पादन हुने बताए पनि सेतीको पानीमा एक रुपता नहुने एवं भूकम्पीय जोखिमका कारण ठूलो क्षमताको बाँध बाध्न कठिन हुने कारणले कति वास्तविक कति विद्युत् उत्पादन हुन्छ भन्नेमा यकिन हुन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ