arrow

गगन थापाको पहलमा चावहिल सडक बिस्तार हुने, काम तिहार पछि हुने

logo
प्रकाशित २०७३ असार १५ बुधबार
sadakbistargaganthapa.jpg.jpeg
काठमाडौँ। काठमाडौं चावहिल देखी साँखु र चावहिलदेखि सुन्दरीजल बाटो बिस्तार तिहार पछि हुने भएको छ। सो बाटो विस्तार नगर्न चावहिलका स्थानिय बासिन्दाले पुनरावेदन अदालतमा रिट हालेका थिए। अदालतले निषेधाज्ञा जारी गर्नु नपर्ने र कानुन बमोजिम कार्य गर्न आदेश जारी गरेको छ। 
 
सो सडक विस्तारको लागि सभासद गगन थापाको नेतृत्वमा काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाईकाजि तिवारीसँगको बैठकमा दशै तिहार पछि घर भत्काउने र बाटो बिस्तारको कार्य गर्ने सहमती भएको हो।
 
चावहिल देखी चुच्चेपाटीको सडक हालसम्म तीन पटक बिस्तार भई सकेको र बौद्ध जोरपाटीको तुलनामा चावहिलको बाटो फराकिलो छ। चावहिल चुच्चेपाटी टोल सुधार समितिका अध्यक्ष रवि ढुङ्गेलको यो पहल र सभासद गगन थापाको साथले बौद्ध जोरपाटीका बासिन्दालाई बाटो विस्तार गर्नुपुर्व दिइएको समयले राहत महसुस गर्ने स्थानियको भनाइ छ। 
 
एकै साथ घर भत्काउन मजदुरको अभाव र बर्षातको समयका कारण तिहार पछि पनि बिस्तारले तिव्रगतिमा अगाडी बढ्ने सम्भावना कम देखिन्छ। केही व्यापारिक भवन र भुकम्पमा भत्किएका घर बाहेक अन्यले भत्काउने काम अगाडी बढाएका छैनन्। साथै बैठकमा नक्सा पास भएका र पुराना घरलाई उचित क्षतिपुर्ति दिने कुरा प्राधिकरण प्रमुखले प्रतिवद्धता जनाएपछि विस्तारको काम केहि सहज हुने आशा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ