arrow

आकाशको भर पर्दा धान उत्पादनमा ५ लाख मेट्रिक टनले कमि, चामलको अभाव हुने

logo
प्रकाशित २०७३ असार १५ बुधबार
ashar-15.jpg.jpeg
काठमाडौं । यो वर्ष नेपाली बजारमा चामलको अभाव चुलिने भएको छ । अघिल्लो वर्ष वर्षाको समयमा पर्याप्त पानी नपरेका कारण धानको उत्पादनमा झण्डै ५ लाख मेट्रिक टन कम उत्पादन हुने अनुमान कृषिविकास मन्त्रालयले गरेसँगै यो वर्ष बजारमा चामलको अभाव चुलिने आकलन पनि मन्त्रालयले गरेको छ । 
 
कृषि विकास मन्त्रालयले आर्थिक वर्ष २०७२-७३ मा नेपालको कूल खाद्यान्न उत्पादन (धान, गहुँ, मकै, कोदो, जौ, फापर) अघिल्लो वर्षको तुलनामा करिब ६ लाख ५२ हजार मे.टन अर्थात करिब ७ प्रतिशतले घट्न गई गतवर्षको ९२ लाख ६६ हजार मे.टन. बाट ८६ लाख १४ हजार मे. टन हुने प्रारम्भिक अनुमान गरेको छ । यसले पनि नेपालको कृषि उत्पादनमा दिनप्रतिदिन कमी आईरहेको देखिन्छ । 
 
त्यसमा पनि सिंचाईको सबैभन्दा बढी आवश्यकता पर्ने धानमा पर्याप्त सिंचाई सुविधा नहुँदा उत्पादनमा कमि आएको कृषि विकास मन्त्रालयका अधिकारीहरूले बताउने गरेका छन् । मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत दिनेश भट्टराईले अघिल्लो वर्ष समयमा नै पानी नपर्दा धान उत्पादनमा कमि आएको जानकारी दिए । 
 
‘अघिल्लो वर्षको भन्दा त यो वर्ष धेरै कमि आएको छ’ भट्टराईले भने समयमा पानी नपर्दाको परिणाम हो यो ।’ उत्पादनमा कमि आएसँगै यसको अभाव चुलिने कुरा स्वभाविक रहेको पनि उनले जानकारी दिए । 
 
मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२÷७३ मा धानको उत्पादन गतबर्षको तुलनामा करिब १० प्रतिशत अर्थात करिब ४ लाख ९० हजार मे.टन ले घट््न गएको छ । गतवर्षको करिब ४७ लाख ८८ हजार मे.टन. वाट करिब ४२ लाख ९९ हजार मे.टन. हुने प्रारम्भिक अनुमान मन्त्रालयले गरेको छ । 
 
धानको उत्पादन घट्नुको मुख्य कारण समयमा रोपाई हुन नसकि बाँझो रहेको जमिन तथा ढिलो शुरु भएको कमजोर मनसुन तथा बन्दका कारण रासायनीक मल लगायतको सहज ढुवानी हुन नसक्नु तथा ईन्धन अभावका कारण भुमीगत सिचाई समेत प्रभावित हुनु रहेको कुरा पनि मन्त्रालयबाट आधिकारिक रूपमा बाहिर आएको छ ।
 
मन्त्रालयका अघिल्लो आर्थिक वर्षमा धान उत्पादनमा जम्मा ५ प्रतिशतले कमि आएको भएपनि यो वर्षमा भारी गिरावट आएको हो । नेपालले आकाशे पानीको मात्रै भर परेर सिंचाईको सुविधा खेतीयोग्य जमिनमा पु¥याउन नसक्दा यस्तो समस्या वर्षेनी दोहोरिँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ