एमएसपी समीट नगरकोटमा
काठमाडौ १५ साउन । माइक्रोसफ्ट एमडीपी नेपालले काठमाडौं उपत्यकामा साचालनमा रहेका विभिन्न आईटी कलेजमा अध्यनरत विद्यार्थीहरुको दुईदिने सम्मेलन गरेको छ । माइक्रोसफट स्टुडेन्ट प्रोग्राम एमएसपी समीटमा विभिन्न ४ वटा विश्वविद्यालय अन्र्तगतका ३७ वटा विभिन्न आईटी कलेजका करिव सय जना विद्यार्थीहरुले सहभागिता जनाएका छन् । छात्र र छात्रा गरि हरेक आइटी कलेजवाट माइक्रोसफ्टले दईजनाका दरले विद्यार्थी चयन गरि एमएसपी शुरु गरेको हो ।
शनिवार र आईतवार दुईदिन सम्म भएको समीटमा माइक्रोसफटका विभिन्न नया सफ्टवेयर र एप्लिकेशनका वारेमा जानकारी गराइएको थियो । एमएसपी समीटमा सभासद एवं उद्यमी राजेन्द्र खेतानले आइटी करियरको सम्भावना र चुनौतीको वारेमा प्रकाश पार्नुभएको थियो । सभासद खेतानले सरकारले सुचना प्रविधिको क्षेत्रमा प्राथमिकता दिनुपर्ने पनि वताउनुभयो । यो कार्यक्रम मार्फत आइटी अध्यनरत विद्यार्थीले धेरै लाभ लिन सक्ने माइक्रोसफ्ट एमडीपी नेपालका एलेन वाउलोचन तुलाधरले वताउनुभयो ।
तुलाधरले विद्यार्थीहरुको आइटी करियरलाई प्रर्वद्धन गर्न र उद्यमशिलताको विकास गर्न पनि एमएसपी प्रोग्राम सहायक सिद्ध हुने दावी गर्नुभयो । माइक्रोसफ्ट एमडीपी नेपालले सन् २००९ देखि यो कार्यकम शुरु गरेको हो । एमएसपी माइक्रोसफ्टको विश्वव्यापी कार्यक्रम हो ।