ईलाममा प्रहरी चौकीमाथि आक्रमण
काठमाडौ १५ साउन । ईलामको पश्चिमी प्रहरी चौकीमा लिम्बुवान स्टेट फोस्र कार्यकर्ताहरुले आक्रमण गरी प्रहरीको संचार सेट र हतियार लुटेका छन् । सांझ भएको घटनामा लिम्बुवानका कार्यकर्ताले चौकीका प्रहरीहरुलाई एक घण्टा कब्जामा लिएर हतियार लुटेका हुन् । स्रोतका अनुसार प्रहरीको संचार सेट दुई थान थि्र नट थि्र राईफल र माउजर लुटिएको छ । सो चौकीमा सात प्रहरी कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटनास्थलतर्फ थप प्रहरी परिचालन गरिएको बताईएको छ । पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य बनाउनु पर्ने भन्दै विभिन्न सशस्त्र समूहहरुले िहंसात्मक कि्रयाकलाप तीब्र बनाएका छन् ।
[...] This post was mentioned on Twitter by Nepali Sites, hamrakura. hamrakura said: ईलाममा प्रहरी चौकीमाथि आक्रमण http://www.hamrakura.com/?p=990 [...]