एमाले उपाध्यक्ष गौतमद्धारा कांग्रेस उमेदवारलाई सहयोग गर्नेलाई कार्वाहीगर्न माग
काठमाडौ १५ साउन । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीले राष्ट्रिय सहमतिको सरकार वन्नुपर्ने अडान लिईरहेको वेला कांग्रेसका उम्मेद्वारलाई सहयोग गर्नुपर्छ भन्दै हिड्ने जो सुकै र जुनै तहको नेतालाई पार्टी अनुसाशन आयोगले कारवाही गर्नुपर्ने माग गर्नुभएको छ । शनिबार रामेछाप काठमाडांै सम्पर्क मञ्चले काठमाडांैमा आयोजना गरेको कार्यक्रममा नेता गौतमले यस्तो माग राख्नु भएको हो । उहाँले राष्ट्रिय सहमतिकालागि आफ्नै पार्टीका प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ भन्दा आफुलाई अनुसाशन आयोगले कारवाही गरेको प्रसंग उल्लेख गर्दै पार्टीको निर्णय विपरित कांग्रेसलाई सधाउनुपर्छ भन्ने नेतालाई किन कारवाही नगर्ने भन्दै प्रतिप्रश्न गर्नुभयो । उपाध्यक्ष गौतमले प्रधानमन्त्रीको उम्मेदवारीका दौरान पार्टी अध्यक्ष झलनाथ खनालका पक्षमा पार्टीले राष्ट्रिय सहमतिका लागि आवश्यक भनिएको चार सय १ संख्या पुगेपनि प्रधानमन्त्रीका प्रस्तावक र समर्थकले नै उम्मेदवारी फिर्ता लिन वाध्य पारेको खुलासा गर्नुभयो । उम्मेदवारीवारे पार्टी भित्रै फरक फरक मत आएपछि पार्टीलाई विभाजनको स्थितिवाट वचाउन स्थायी समितिले राष्ट्रिय सहमतिको आधार प्रस्तुत गर्ने दललाई सहयोग गर्ने रणनीति लिएको गौतमले वताउनुभयो । उहा“ले एमालेले गिरिजाप्रसाद कोइरालाको पालामै सरकार गठनगर्न सघाएकाले कांग्रेसलाई अव कुनै गुन तिर्न वा“की नभएको पनि वताउनुभयो । गौतमले साउन १७ गतेपनि प्रधानमन्त्री चयन नभए झलनाथ खनालनै राष्ट्रिय सहमतिको सरकारको नेतृत्वगर्ने दावी गर्नुभयो । कार्यक्रममा अनेरास्ववियुका महासचिव माधव ढुङगेलले एमालेले सत्ता स्वार्थकालागि राष्ट्रिय सहमतिको रटान लगाउन नहुने सुझाव दिनुभयो ।
[...] This post was mentioned on Twitter by Nepali Sites, hamrakura. hamrakura said: एमाले उपाध्यक्ष गौतमद्धारा कांग्रेस उमेदवारलाई सहयोग गर्नेलाई कार्वाहीगर्न माग http://www.hamrakura.com/?p=978 [...]