ICT News    Watch ENTER Online
 

माओबादीको पत्र मधेशी मोर्चालाई

काठमाडौं साउन १५ ।

एकीकृत माओवादीले केही बुँदामा असहमति जनाउँदै मधेशी मोर्चाको मागमा प्रतिवद्धता जनाएको छ । मधेशी मोर्चाले उठाएको १६ बुँदा मध्ये एक मधेश एक प्रदेश र नेपाली सेनामा समूहगत प्रवेशको सम्बन्धमा भने थप छलफल आवश्यक भएको भन्दै प्रतिवद्धता जनाउन अस्वीकार गरेको छ । भौगोलिक अखण्डतामा आँच नआउने गरी आत्मनिर्णयको अधिकारसहित तराईमा अरु प्रदेशका साथै स्वायत्त मधेश प्रदेश बनाउन सकिने माओवादीको जवाफ छ । माओवादी र मोर्चाको बैठकमा माओवादी नेताहरुले एक मधेश प्रदेशबारे संविधानसभाले टुङ्गो लगाउने र नेपाली सेनामा समावेशीकरणका लागि सकारात्मक भएपनि समूहगत प्रवेशबारे थप छलफल आवश्यक भएकोमा जोड दिएका थिए । यस्तै संविधानमा बहुलवाद जस्तो दार्शनिक शब्द राख्न नसकिने भन्दै यसले बहुदलीय प्रतिष्पर्धामामा भने प्रतिवद्धता जनाएको छ । मोर्चासंगको छलफलमा माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्षद्धय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । माओबादीले गत बिहीबार प्रतिवद्धता पत्र बुझाउने भनेपनि आज मात्र बुझाएको हो ।

अन्य समाचारहरु

प्रतिक्रिया जनाउनुहोस