ICT News    Watch ENTER Online
 

माओवादीद्धारा संयुक्त मधेसी मोर्चालाई पत्र

 

काठमाडौ १५ साउन । नयां सरकार गठनका विषयमा मधेशवादी दलहरुले राखेका सबै मुद्धामा एकीकृत माओवादीले तयार पारेको लिखित प्रतिबद्धता शनिवार मधेशी मोर्चालाई बुझाएकोे छ । मधेशी मोर्चा संगको दिउंसो भएको दुइपक्षीय वार्तामा लिखित प्रतिबद्धता बुझाइएको माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । मोर्चाले माओवादीको पत्र बारे छलफल पछि धमरणा सार्वजनीक गर्ने बताएको छ ।  विहीबार बसेको माओवादी पदाधिकारीहरुको बैठकले संयुक्त मधेशी मोर्चाले राखेका मागहरु सकारात्मक भएको भन्दै मधेशका सबै मुद्धामा सहमति जनाउने निर्णय गरेको थियो । बहुमतको सरकार गठनका लागि महत्वपुर्ण मानिएका मधेशवादी दलहरुलाई आफ्नो पक्षमा समर्थन गर्नका लागि माओवादीले आन्तरिक कसरत गर्दे आएको छ । माओवादीले मधेशी मोर्चाको माग जायज भएकोले आफ्नो प्रतिबद्धता रहेको भन्दै आफ्नै नेतृत्वमा सरकार गठन हुने दाबी गरेको छ ।

अन्य समाचारहरु

प्रतिक्रिया जनाउनुहोस