ICT News    Watch ENTER Online
 

नबलपरासीमा जीप दुर्घटना हुदा आठ जनाको मृत्यु

नबलपरासी १५ साउन । नबलपरासीको पहाडी अर्खला गाउं बिकास समितीमा  शनिवार  जीप दुर्घटना हुदां आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । त्यत्तिकै संख्यामा घाइते भएका छन् । अर्खलाबाट दलदलेतर्फ आइरहेको लु १ ज १८८० नम्बरको जीप सडकबाट एक किलोमिटर तल खसेर दुर्घटना भएको हो । घाइतेहरुलाई स्थानीयबासीले बजारतर्फ ल्याउदै गरेको बताइएको छ । ग्रामीण भेगका स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी र औषधिको अभाव भएकोले घाइतेहरुको प्राथमिक उपचार गर्नसमेत कठिनाई भएको छ । दुर्घटनामा परी मृत्यु हने ८ जना मध्ये अहिले सम्म ३ जनाको मात्र शनाखत भएको छ, मृत्यु हुनेमा स्थानिय निम प्रसाद रानाभाट, उनका नाती सौरभ रानाभाट र सोही स्थानका सुर्य प्रसादकी श्रीमती रहेको बताईएको छ ।
घटनास्थल पूर्वपश्चिम राजमार्गअन्तर्गत दलदलेबाट ३०  किमि टाढा ग्रामिण भेगमा   पर्दछ । घटनाको विस्तृत विवरण आउन सकेको छैन । दुर्घटना परी ८ जनाको मृत्यु भएको स्थानियबासीहरुले जानकारी गराएपनि अहिले सम्म घटनास्थलमा  प्रहरी पुग्न नसकेका कारण यसको पुष्टी भने हुन सकेको छैन ।

अन्य समाचारहरु

१ प्रतिक्रिया for “नबलपरासीमा जीप दुर्घटना हुदा आठ जनाको मृत्यु”

  1. [...] This post was mentioned on Twitter by Nepali Sites, hamrakura. hamrakura said: नबलपरासीमा जीप दुर्घटना हुदा आठ जनाको मृत्यु http://www.hamrakura.com/?p=970 [...]

प्रतिक्रिया जनाउनुहोस