सत्र गते प्रधानमन्त्री नबन्ने ः ओलीको बोली
काठमाडौ १५ साउन । नेकपा एमालेका बरिष्ठ नेता केपी शर्मा ओलीले साउन १७ गतेको चुनावबाट पनि मुलुकले नयां प्रधानमन्त्री पाउन नसक्ने ठोकुवा गर्नुभएको छ । उहा“ले एमालेको सहयोग विना सत्र गते प्रधानमन्त्री चयन हुन नसक्ने बताउनुभयो । काठमाण्डौको जोरपाटीमा आज आयोजित एक कार्यक्रममा बोल्दै नेता ओलीले एमालेको सहयोग र समर्थनविना प्रधानमन्त्रीको टुङगो नलाग्ने बताउनुभएको हो । आफ्नै पार्टीप्रति कटाक्ष गर्दै उहांले साउन १७ भन्दा अघि केन्द्रीय समितिको बैठक नडाकेकोमा एमाले नेतृत्वको कडा आलोचना पनि गर्नुभयो । ओलीले एमालेले साउन १७ गते अघि केन्द्रीय कमिटीको बैठक नबोलाएका कारण पनि प्रधानमन्त्री चयनमा अन्योल देखिएको स्पष्ट पार्नुभयो । एमाले भित्र बहुमतिय सरकारका लागी समर्थन गर्ने कि नगर्ने विषयमा विवाद देखिएको छ । एमालेका अध्यक्ष झलनाथ खनाल, महासचिव इश्वर पोखरेल लगाएतका नेताहरु बहुमतिय सरकारको पक्ष मतदान नगर्ने बताउदै आएका छन् भने केपी ओली लाइनका नेताहरु तटस्थ बस्न नहुने तर्क राख्दै आएका छन् । एमाले केन्द्रिय समितिको बैठक बोलाउने विषयमा विवाद देखिएको छ ।