ICT News    Watch ENTER Online
 

सभामुख र माओवादी अध्यक्षबीच छलफल

काठमाडौ १५ साउन । एकिकृत माओवादी १७ गतेपनि प्रधानमन्त्रीको चयन नभए संविधान अनुसार सवै दलसंगको सहमतीका आधारमा सर्वसम्मत सरकारको अवधारणा अनुसार अघि वढ्न सक्ने संकेत देखिएको छ । शनिवार विहान सभामुख सुभाषचन्द्र नेम्वाङ र माओवादी अध्यक्ष पुष्पकमल दाहालविच शिहदरवारमा भएको भेटमा अध्यक्ष दाहालले सत्र गते पनि प्रधानमन्त्रीको चयन नभए सवै दलकालागि स्वीकार्य नेतृत्व चयन तर्फ लाग्ने प्रतिकृया दिएको सभामुख नेम्वाङले वताउनुभयो । भेटमा अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन भए सवै दललाई सहमतिमा ल्याउने र शान्ति प्रकृयालाई टुङगोमा पु¥याउनेगरी दुई हप्ता भित्रमा आधार तयार गर्ने जनाएको सभामुख नेम्वाङले वताउनुभयो । सभामुख नेम्वाङसंगको भेटपछि एकिकृत माओवादी अध्यक्ष दाहालले पुर्वनिर्धारित समयमानै प्रधानमन्त्री पाउनेमा आफुहरु विस्वस्त रहेको र अझैपनि सहमतीय सरकारको सम्भावना रहेको वताउनुभयो । भेटधाटमा सभामुख नेम्वाङले जेठ १४ को दलहरुविचको सहमती कार्यान्वयन, प्रधानमन्त्री निर्वाचन र तोकियको समयमा संविधान निर्माणवारे अध्यक्ष प्रचण्डसंग जिज्ञाशा राख्नुभएको थियो । वैठक विहान आठ वजेदेखि करिव एक घन्टा चलेको थियो ।

अन्य समाचारहरु

प्रतिक्रिया जनाउनुहोस