www.deltrox.com

स्याङजामा एमाले र माओवादीले गरे उमेद्वार सिफारिस; कांग्रेस गृहकार्यमै

प्रकाशित मिति : सोमबार, भदौ १७, २०७० | ६२६ पटक हेरिएको

NC-UML-Flagप्रदिप कोइराला। स्याङ्जा, १७ भदौ। आगामी मंसिर ४ मा हुने संविधान सभाको निर्वाचनको लागि प्रत्यक्ष र समानुपातिक तर्फका उमेद्वार छनौट गर्न स्याङ्जामा क्रियाशिल ठूला राजनीतिक दलहरुलाई निकै गृहकार्यपछि सिफारिसको अन्तिम चरणमा पुगेका छन् ।

उमेदवार सिफारिसको लागि सहजरुपमा एकिकृत माओवादीले राज्य समितीलाई गत आइतवारनै सकेको थियो भने, नेकपा एमालेले आज सोमवार दुइवटा क्षेत्रमा निर्वाचन मार्फत र एक क्षेत्रमा सहमतीमा उमेद्वार सिफारिसका लागि चयन गरेको छ ।

तीनवटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा गत संविधान सभाको निर्वाचनमा दुईवटा क्षेत्रमा काँग्रेसले निर्वाचन जितेको थियो भने क्षेत्र नं १ मा नेकपा एमालेले जितेको थियो। जिल्लाको राजनीतिमा सवैभन्दा ठूलो दल नेपाली कांग्रेसको तर्फवाट क्षेत्र नं १ मा क्षेत्रिय समितीले राय संकलन गर्ने क्रममा गरेको निर्वाचनमा राजु थापा, तुलसी रेग्मी र जगतवन्धु रेग्मीको पक्षमा राय अनुसारको मत आएपनि अन्तिम निष्कर्षको लागि क्षेत्रिय सभापतिलाई जिम्मेवारी दिइएको छ। क्षेत्रिय सभापतीले जिल्ला कार्य समितीको वैठक बस्नु अगाडी तीनजनाको नाम सिफारिस गर्ने र सोही दिन समानुपातिक तर्फको पनि सार्वजनिक गर्ने निर्णय गरेको छ।

क्षेत्र नं २ मा क्षेत्रिय कार्य समितीको वैठकवाट प्रत्यक्ष तर्फ भोजराज अर्याल, खगेन्द्रराज रेग्मी, कमलप्रसाद पंगेनीलाई सिफारिस गर्ने निर्णय गरेको छ । समानुपातिक तर्फ सुर्यप्रसाद रेग्मी, धनराज गुरुङ, कल्पना तिवारी, कमल खड्का र देवकुमार मानन्धरलाई सिफारिस गरेको छ।

यसैगरी क्षेत्र नं ३ मा प्रत्यक्ष तर्फ मोहन पाण्डे, शिव गिरी, लालगोपाल अर्याल, स्याम भण्डारी शंकर पाण्डे गरी ५ जना र समानुपातिक तर्फ लक्ष्मीकान्त रेग्मी, गजिन्द्रप्रकाश मल्ल, देवबहादुर खाँण इश्वर, प्रकास थापा र भूमा पाण्डेलाई सिफारिस गर्ने भएको छ।

जिल्लामा क्रियाशिल राजनीतिक दल मध्ये दोस्रो ठूलो दल नेकपा एमालेले प्रत्यक्ष तर्फका तिनवटै उमेद्वार छनौट सकेको छ । क्षेत्र नं १ मा निर्वाचन मार्फत नारायण मरासिनी, सीमा क्षेत्री, मिनप्रसाद गुरुङ र विष्णू पौडेल निर्वाचन मार्फत आएका छन्। उनीहरु मध्ये तिनजना सिफारिस गर्नुपर्नेमा निर्वाचनमा गुरुङ र पौडेलको मत बरावर आएकाले मिन प्रसाद गुरुङलाई सिफारिस गर्ने एमाले स्रोतले जनाएको छ।

क्षेत्र नं २ मा कृष्ण खाँण, मोहन रेग्मी र पदमा अर्याललाई सिफारिस गर्ने भएको छ । भने क्षेत्र नं ३ मा मुक्ति पाठक, पुण्य भूषाल र सरस्वती भट्टराईलाई सिफारिस गर्ने नेकपा एमालेले जनाएको छ।

एकीकृत माओवादीले तीन निर्वाचन क्षेत्रबाट उमेद्वार छनौटका लागि प्रत्यक्ष र समानुपातिक गरी ३० उमेद्वारको नामावली केन्द्रीय समितिमा सिफारिस गरेको छ । क्षेत्र एकबाट प्रत्यक्ष निर्वाचनका लागि राज्य समिति सदस्य शैलेन्द्र घिमिरे, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री, लक्ष्मी पौडेल, हुमबहादुर कुमाल र ख्यामनारायण ढकालको नाम पठाएको छ ।

क्षेत्र नं २ बाट प्रत्यक्ष ताराप्रसाद भुषाल, टीकाराम रेग्मी, प्रकाश न्यौपाने, दीपा भुषाल र शिव कोइराला रहेका छन् । क्षेत्र नं ३ वाट जगदीश गैह्रे, लोकेन्द्र थापा, नारायण अधिकारी, डम्मरदेव अर्याल र हरि भट्टराई रहेका छन् । एकीकृत माओवादीवाट सिफारिस गरिएका उमेद्वारहरु धेरै एकै परिवारका रहेका छन् । एकीकृत माओवादीले एकै परिवारका सदस्यको नाम उमेद्वार छनौटका लागि पठाएको भन्दै आन्तरिक विवाद समेत सुरु भएको स्रोतले बताएको छ ।

Western Union Money Transfer ChaChaWhee Fun Park
Scroll To Top