arrow

संसद्‌मा राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
ramchandra-poudel-02-01.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वर पुगेर उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

सरकारले आगामी दशकलाई सूचना प्रविधिको दशक बनाउँदै ५ हजारलाई रोजगारी दिने घोषणा गरेको छ । राष्ट्रपति पौडेललेले सार्वजनिक निकायमा प्रयोगमा आउने प्रणाली तथा सफ्टवेयर सरकारी क्षेत्रबाट निर्माण गर्ने तथा देशमा विकसित सफ्टवेयरलाई प्राथमिकता दिई उपयोग गर्ने नीति लिइने बताए । उनले सूचना प्रविधिलाई डिजिटल आधारको रूपमा लिइ सामाजिक आर्थिक रूपान्तरण गर्ने आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइने बताए । 

उनले सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रूपमा विकास गर्ने प्रोत्साहन गरी नेपाललाई ग्लोबल सूचना प्रविधि हपको रूपमा विकास गरिने बताए । उनले काठमाडौं उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त ठाउँहरूमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालन गरी कम्तीमा पाँच हजार रोजगारी सिर्जना गरिने बताए ।

उनले भने,‘ सार्वजनिक निकायमा प्रयोगमा आउने प्रणाली तथा सफ्टवेयर सरकारी क्षेत्रबाट निर्माण गर्ने तथा देशमा विकसित सफ्टवेयरलाई प्राथमिकता दिई उपयोग गर्ने नीति लिइने छ । सूचना प्रविधिलाई डिजिटल आधारको रूपमा लिइ सामाजिक आर्थिक रूपान्तरण गर्ने आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइने छ । सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रूपमा विकास गर्ने प्रोत्साहन गरी नेपाललाई ग्लोबल सूचना प्रविधि हपको रूपमा विकास गरिनेछ । काठमाडौं उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त ठाउँहरूमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालन गरी कम्तीमा पाँच हजार रोजगारी सिर्जना गरिने छ ।’

सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नको लागि प्रोत्साहनका कार्यक्रम ल्याउने भएको छ । अर्बौँ ऋण लगानीमा ठुला पूर्वाधार बनाए पनि सञ्चालन गर्न नसकेपछि थप प्रोत्साहनका कार्यक्रम ल्याउने घोषणा गरेको हो । 

उनले पेश गरेको दुई घण्टा लामो वाचन ५६ पृष्ठ लामो रहेको छ ।



लोकप्रिय समाचार
नयाँ