arrow

क्रम्प्टनको नयाँ पंखाहरू साथै कुलरको माग बढ्दो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
crompton-cg-fan-2081.jpg

काठमाडौँ । नेपालमा क्रम्प्टन एप्लायन्सको आधिकारिक वितरक चौधरी ग्रुपले विविध पंखा र कुलरहरू नेपाली बजारमा ल्याएको छ । नेपाली उपभोक्ताहरूको विविध आवश्यकता र प्राथमिकताहरू पूरा गर्न डिजाइन गरिएका पंखामा – सिलिङ् फ्यान, स्ट्यान्ड फ्यान, वाल फ्यान र एक्जस्ट फ्यान समावेश रहेको सीजीले जनाएको छ । 

प्रत्येक पंखाले बेजोड प्रदर्शन, शैली र विश्वसनीयता प्रदान गर्न प्रयास गरेको सीजीको दाबी छ । स्टाइलिश डिजाइन र ऊर्जा–कुशल कार्यसम्पादनको साथ, क्रम्प्टन सिलिङ् फ्यानहरू कुनै पनि घरको लागि उत्तम हुनुका साथै आराम र भव्यता दुवै प्रदान गर्ने उसको दाबी हो । 

इकोनोमिक सिलिङ् फ्यान सिरिजमा, क्रम्प्टनसँग स्युरब्रिज ग्यालप, पवन, अल्फा ब्रीज, विन्जर, कूल ब्रीज र सी विन्ड छन् । डेकोरेटिभ सिरिजमा, क्रम्प्टनसँग स्युरब्रिज मोन्टानिया, अरिया ब्रिज प्राइम र सुपर एयर डेको रहेको सीजीले जनाएको छ । 

आधुनिक डिजाइनको साथ, क्रम्प्टन स्ट्यान्ड फ्यानले शीतलता र हावा परिसंचरण प्रदान गर्दा कुनै पनि कोठामा सुन्दरता थप्ने सीजीको दाबी छ । 

स्ट्यान्ड फ्यान वर्गमा क्रम्प्टनसँग गेल क्लासिक, हाई फ्लो नियो, स्टोर्म २ र ब्रिजस्टार फराटा रहेको पनि सीजीले जनाएको छ । 
 
सीमित फ्लोर स्पेस भएका कोठाहरूको लागि आदर्श, क्रम्प्टन वाल फ्यानले घरको  ठाउँ नलिइकन कुशल कूलिङ प्रदान गर्दछ । वाल फ्यानमा, क्रम्प्टनले गेल क्लासिक, हाई–स्पीड टोर्पेडो र हाई फ्लो नियो उपलब्ध छन् । यसको स्पेस–सेभिंग डिजाइन, वाल फ्यान भान्सा, शयनकक्ष र हलवेहरूको लागि उपयुक्त हुने सीजीको दाबी छ ।

क्रम्प्टनका एक्सहस्ट फ्यानहरू आधुनिक घरपरिवार र व्यावसायिक स्थानहरूको विविध आवश्यकताहरू पूरा गर्न सावधानीपूर्वक बनाइएका छन् । 

भान्साकोठामा खानाको गन्ध हटाउन, बाथरुममा चिस्यान कम गर्न वा कार्यशालाहरूमा हावाको गुणस्तर सुधार गर्न, क्रम्पटन एक्सहस्ट फ्यानहरू कुनै पनि वातावरणमा असाधारण परिणामहरू प्रदान गर्न इन्जिनियर गरिएका छन् । 

यसमा क्रम्प्टनको ड्रिफ्ट एयर प्लस (मेटल बडी र मेटल ब्लेडसहित) जुन ६, ९ र १२ इन्च साइजमा उपलब्ध छ भने ब्रिस्क एयर नियो (टिकाउको लागि हल्का बडी) जुन ६, ८ र १० इन्च गरी तीन साइजमा उपलब्ध रहेको पनि सीजीले जनाएको छ  । 

त्यसैगरी कुलरमा, डेसर्ट एयर कुलरमा अप्टिमस ६५, कूल ब्रिज ड्याक ५३–८०, ओजोन ५५–७५, ओजोन क्लासिक एच ५५, जेलस ड्याक २८–४३, गेल ड्याक ६०–९०; टावर एयर कुलरमा, अप्टिमस निओ ३५–३५आइ– ५२; पर्सनल एयर कुलरमा, जेडी प्याक २२–३५ र विन्डो एयर कुलरमा अप्टिमस क्लासिक ७० मोडेल उपलब्ध छन् ।

पंखाको साथसाथै यो गर्मी मौसममा, क्रम्प्टनको कुलरको माग पनि बढ्दो रहेको सीजीले जनाएको छ ।  क्रम्प्टनका पंखा र कुलरहरू आकर्षक रंगमा सर्वत्र बजारमा उपलब्ध रहेकोसमेत सीजीले जानकारी दिएको छ । 


क्रम्प्टन फ्यान  तथा कुलरहरू अब नेपालभरका प्रमुख खुद्रा विक्रेताहरूमा खरिदका लागि उपलब्ध रहेको पनि सीजीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ