arrow

इलाममा सुहाङ विजयी

इलाममा ६८ हजार ४७२ सदर मत, कसलाई कति ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
suhang-dambar-dekendra-milan.jpeg

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको मतपरिणाम अनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ५ हजार ८३० मतान्तरले विजयी भएका छन् । 

इलाम नगरपालिका ७ को गौतमबुद्ध सभाहल (सिटी हल) मा भएको मतगणनामा ६८ हजार ४७२ सदर मत गणना भएकामा एमालेका उम्मेदवार सुहाङ ले २७ हजार ७७२ मत प्राप्त गरि विजयी भए । 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याएका छन् । 

तेस्रो स्थानका मुढा चुनाव चिन्ह रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत ल्याएका छन् । रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत ल्याए । 

शनिबार सकिएको मतदान निकै सुस्त गतिमा गणना हुँदा आज बिहान मात्र मतपरिणाम आएको हो ।  इलाम २ मा ५९.७९ प्रतिशत मतदान भएको थियो । यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६९ हजार ३७४ मत खसेको छ ।  निर्वाचनमा ९०२ मत बदर भएको छ । 

इलाम २ मा १२ राजनीतिक दलका र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।  यो क्षेत्रमा यसअघि एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जितेका थिए । अहिले पनि उनकै छोरा सुहाङले निर्वाचन जितेका छन् ।


यस्तो छ इलाम २ मा जमानत जफत हुनेहरुको मत

१९ जना उम्मेदवार भएमध्ये बाँकी सबैको जमानत जफत भएको छ । कुल मतदाता १ लाख १५ हजार ८८९ रहेकामा जम्मा ६९ हजार ३७४ मत खसेको थियो । जसमा ६८ हजार ४७२ मत सदर हुँदा ९०२ मत बदर भएको थियो । 

१६ जनाको जमानत जफत हुँदा रास्वपाका मिलन लिम्बू पनि परेका छन् । उनले ५ हजार ५० मत ल्याए । 

जमानत जफल हुनेहरुमा मनिबहादुर लिम्बूले ८१६, जीतबहादुर राईले ४०८, लक्ष्मी गुरुङले ४०४, रेशमबहादुर सुनारले २०६, प्रेमकुमार थाम्सुहाङले ११८, र अर्जुनबहादुर शाहीले ५५ मत ल्याए । 

त्यस्तै गणेशबहादुर चौहानले ४३, जयन्तविक्रम शाहले ४३, राज बश्यालले ३८, धनराज राना मगरले ३६, श्यामबहादुर दर्जीले ३३, दिपेश बोहोराले २१, डाकप्रसाद गौतमले १४, मनोज निरौलाले १२ तथा योगेन्द्र गुरुङले ४ मत ल्याए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ