arrow

नेपालको अर्थतन्त्र सुधार हुने अवस्थामा रहेको गभर्नरको दाबी [भिडियो]

उच्च बिन्दुमा रहेको महँगी क्रमशः घट्ने क्रममा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ६ बिहिबार
governer-adhikari.jpg

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा रहेको बताएका छन् । बिहीबार एक सम्मेलनलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले नेपालको अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक हुँदै गएकाले आगामी दिनमा थप सुधार हुने दाबी गरे । 

उनले नेपालको अर्थतन्त्रको बाह्य सूचकमा सुधार, वित्तीय क्षेत्र सबल र महँगी क्रमशः घट्दै गएकाले अर्थतन्त्र लयमा आउने संकेत गरेको बताए । उनले सरकारले लिएको नीतिगत निर्णयको कारण बाह्य सूचकमा सुधार, वित्तीय क्षेत्र सबल र महँगी क्रमशः घट्दै गएको उल्लेख गरे । गभर्नर अधिकारीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको बताए । 

उनले कोरोना महामारीको संकट र रुस युक्रेन युद्धकाबीच पनि पछिल्लो समय आर्थिक गतिविधिमा भइरहेको सुधारले आर्थिक वृद्धिको लक्ष्यमा वृद्धि हुने अवस्था रहेको बताए । उनले विश्वको अर्थतन्त्र सकारात्मक अवस्थामा रहेको भन्दै उच्च बिन्दुमा रहेको महँगी क्रमशः घट्ने क्रममा रहेको बताए । उनले सन् २०२३मा ६.८ प्रतिशत रहेको मूल्य वृद्धि सन् २०२४ मा ५.९ प्रतिशतमा झर्ने अनुमान रहेको बताए ।

उनले भने,‘अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । कोरोना महामारीको संकट र रुस युक्रेन युद्वकाबीच पनि पछिल्लो समय आर्थिक गतिविधिमा भइरहेको सुधारले आर्थिक वृद्धिको लक्ष्यमा वृद्धि हुने देखाएको छ । यसरी हेर्दा समग्रमा विश्वको अर्थतन्त्र सकारात्मक छ । उच्च बिन्दुमा रहेको महँगी क्रमशः घट्ने क्रममा रहेको छ । जुन सन् २०२३मा ६.८ प्रतिशत रहेको मूल्य वृद्धि सन् २०२४ मा ५.९ प्रतिशतमा झर्ने अनुमान छ । नेपालको अर्थतन्त्रमा पनि विभिन्न सूचकहरू बलियो रूपमा देखिएकाले भविष्यमा वृद्धि हुने अवस्था छ । जुन नीतिगत सुधारको कारण बाह्य क्षेत्र सुधार,सबल वित्तीय क्षेत्र,मूल्यवृद्धि स्थिर छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ