arrow

के हुन्छ कोशी सरकारमा ? प्रदेश सभामा संकल्प प्रस्ताव पेश 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ६ बिहिबार
koshi-pradesh-sabha-2080-03-21.jpg
तस्बिर – फाइल ।

विराटनगर । कोशी प्रदेशमा संकल्प प्रस्ताव पेश भएको छ । नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सभाको विशेष अधिवेशनमा बिहीबार संकल्प प्रस्ताव पेश गरेका हुन् ।

प्रदेश सभामा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेश सभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेश सभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको प्रस्ताव पेश भएको हो ।

संकल्प प्रस्तावमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने प्रस्ताव रहेको छ । 

संकल्प प्रस्तावमा ‘चैत्र २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेश सभाको बैठकबाट माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस्’ भन्ने उल्लेख छ ।

ु‘बहुमत सांसदले समर्थन फिर्ता लिएकोले नियमित कार्यबाहेक दीर्घकालीन महत्त्वका कुनै निर्णय नगर्न नगराउन प्रदेश सरकार र सरकार सम्बद्ध अधिकारीलाई प्रदेशसभाको बैठकबाट निर्देशन गरियोस्’ भन्नेसमेत सो प्रस्तावमा उल्लेख छ । 

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले र माओवादीका ५२ सांसदको माग बमोजिम बिहीबार दिउँसो १ बजेलाई प्रदेशसभाको अधिवेशन आह्वान गरेका थिए । 

अब प्रदेश सभाको अर्को बैठक शुक्रबार ११ बजे बस्ने भएको छ ।

संकल्प प्रस्ताव पेश भए पनि कानूनले यसलाई कसरी हेर्छ भन्ने पाटो महत्वपूर्ण रहेको छ । संविधानअनुसार अन्तिम विकल्प प्रयोग गरेर दलीय नभइ स्वतन्त्र हिसाबले हालका मुख्यमन्त्री केदार कार्की मुख्यमन्त्री भएकाले उनलाई दलीय ह्विप लाग्दैन । 

तसर्थ उनले आफूले दुई वर्ष विश्वासको मत लिन नपर्ने बताउँदै आएका छन् । 

उनले कानून विपरीत आफू नडानेसमेत बताइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ