arrow

धनकुटाको हिलेमा खाना महोत्सव 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ५ बुधबार
dhankuta_view_01.jpg.jpeg

धनकुटा । पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव (फुड फेस्टिभल) हुदैछ ।
 
धनकुटा नगरपालिका-१ हिलेमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था हिले पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकास संस्था र होटल एशोसिएशन धनकुटाले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
 
‘रैथाने कला संस्कृति परिकारको संरक्षण, आन्तरिक तथा बाह्य पर्यटकको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा स्थानीय अर्गानिक मौलिक खानाको परिकार आकर्षणको रुपमा रहने संस्थाका अध्यक्ष खगेन्द्र विष्टले बताए ।

महोत्सवमा कोदो, फापर र मकैको ढिँडो, कोदो र फापरको रोटी, गुन्द्रुकको अचार, सेलरोटी, कोदोको छ्याङ, हिलेको तोङ्गबा, सुकुटीलगायत स्थानीयस्तरमा पाइने मौलिक परिकारको स्टल रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ