arrow

यूएईमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता

logo
रामकुमार परियार,
प्रकाशित २०८० चैत ३० शुक्रबार
nrna-uae-volleyball.jpg

यूएई । नेपाल एसोसिएसन (एनआरएनए) एनसीसी यूएईले अहिलेसम्मकै सर्वाधिक राशी पुरस्कार रहेको तेस्रो एनआरएनए कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आगामी आईतबार (अप्रिल १४ तारिख) दुबईको अल वासल स्पोर्ट्स क्लब , जद्दाफमा आयोजना हुने भलिबल प्रतियोगितामा विजेताले नगद १० हजार दिराम (नेपाली करिब ३ लाख ६० हजार) पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले नगद ६ हजार दिराम (नेपाली करिब २ लाख १७ हजार) पुरस्कार प्राप्त गर्नेछन् ।

स्वास्थ्यका लागि खेलकुद भन्ने नारासहित एनआरएनए यूएईले आयोजना गर्न लागेको तेस्रो भलिबल प्रतियोगितामा यूएईमा क्रियाशील १२ वटा टोलीले प्रतिस्पर्धा गर्ने आयोजक एनआरएनए एनसीसी यूएईका अध्यक्ष विकास शाहीले जानकारी दिएका छन् । प्रतियोगितामा सहभागी टोलीहरुमा नेपालका राष्ट्रिय तथा प्रदेशस्तरिय खेलाडीहरुसमेत आवद्ध रहेको अध्यक्ष शाहीले बताए । 

यसैबीच राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठसहित डिबि भट्ट, रबिनचन्द ठकुरी, सफल विक, विजय थापा, हेमन्त मल्ल, सञ्जुविक्रम शाहसहित १६ जना राष्ट्रिय तथा प्रदेशस्तरीय खेलाडी प्रतियोगितामा सहभागी हुन यूएई आइपुगेका छन् । 

प्रतियोगितामा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र उपाध्यक्ष युवराज श्रेष्ठकोसमेत उपस्थिति रहने बताइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ