arrow

सशस्त्रका चार डीआईजीको सरुवा डेढ महिनादेखि अलपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २९ बिहिबार
apf-armed-police-force-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सशस्त्र प्रहरीका चार डीआईजीको सरुवा अवधि पुगेको डेढमहिना भन्दा बढी हुँदा पनि सरुवा हुन सकेको छैन । प्रहरी महानिरीक्षक राजु अर्यालले सरुवा प्रस्ताव लगिसक्दा पनि उनीहरुको सरुवा रोकिएको छ । 

सत्तामा राजनीतिक फेरबदल भएसँगै सरुवा रोकिएको स्रोतको दाबी छ । खासगरी बराह बाहिनी कोशी प्रदेशका प्रमुख अञ्जनीकुमार पोखरेलले ‘कमाण्ड टु कमाण्ड’ जान खोजेपछि सरुवा रोकिएको हो । 

अर्का डीआईजी दीपेन्द्र शाहले कमाण्ड गरिरहेको छिन्नमस्ता बाहिनीको कमाण्ड गर्न खोजिरहेका छन् । अर्का डीआईजी पुरुषोत्तम थापा र सुरेशकुमार श्रेष्ठले रोलक्रम अनुसार प्रदेश कमाण्ड गनुपर्नेमा पोखरेल आफैँ अर्को प्रदेशको कमाण्ड गर्न प्रधानमन्त्री कार्यालयमार्फत दबाब दिन थालेको स्रोतले जनाएको छ । 

तर आईजीपी राजु अर्यालले अहिले उनलाई कमाण्ड टु कमाण्ड जान नमिल्ने जानकारी दिइसकेका छन् । साथै उनले वरिष्ठ अधिकृतहरुको सम्मेलनमा नेपाल प्रहरीलाई सीमा क्षेत्रबाट हटाउनुपर्ने प्रस्ताव राखेपछि अर्यालसँग उनको सम्बन्ध पनि चिसिएको छ । 

अर्को संगठनको बारेमा किन टीकाटिप्पणी गरेको भन्दै आईजीपी अर्यालले सम्मेलनमै उनलाई रोकेका थिए । त्यसपछि उनी बराह बाहिनी फर्के पनि सम्बन्ध सुधार हुन सकेको छैन । 

बराह बाहिनीमा उनी बस्दा पूर्वका धेरै जिल्लाहरुमा विवाद आएको तथा एक प्रहरी निरीक्षक नवप्रवल राई अझै निलम्बनमा भएको विषयले फौजभित्र चर्चा पाएको छ । 

डीआईजी पोखरेलकै घुमुवाको रुपमा झापा पुगेका राईले आफ्नै सहकर्मीहरुमाथि कुटपिट गरेका थिए । कुटपिट गर्न लगाउने र घुमुवा खटाउने डीआईजी पोखरेललाई उन्मुक्ति दिइएको थियो भने राईलाई मात्र निलबनमा राखिएको छ । 

यो विषयमा मात्र होइन पत्रकारहरुलाई कोशीमा लगेर डुंगा दुर्घटना गराएको विषयमा उनीमाथि विभागले कुनै पनि जानकारी नलिएको बारेमा पनि मुख्यालयभित्र चर्चा भैरहेका बेला उनले मधेश प्रदेशको छिन्नमस्ता बाहिनीको कमाण्ड गर्ने इच्छा व्यक्त गरेका हुन् । 

हल्चोक स्रोतका अनुसार यसपटक डीआईजी थापालाई बराह वा छिन्नमस्ता बाहिनीमध्ये एकमा कमाण्ड पठाउने तयारी भैरहेको छ भने श्रेष्ठलाई पनि कमाण्ड पठाउने तयारी गरिएको छ । 

सशस्त्र प्रहरीले आगामी भदौमा घर जना लागेका अभिकुमार खत्रीलाई पनि कमाण्डबाट हटाउने तयारी गरेको भए पनि उनी त्यहीबाट घर जानलाई बल गरिरहेका छन् । उनले खासगरी हालका गृहमन्त्री रवि लामिछानेलाई फकाउन आफ्ना नातेदार पूर्व डीआईजी छविलाल जोशीलाई लगाइरहेका छन् । 

जोशी र खत्री नजिकका नातेदार हुन् । तर प्रहरी महानिरीक्षकले अवकाशको समयमा कमाण्ड गर्न नमिल्ने भन्दै उनलाई प्रहरी प्रधान कार्यालयमा सरुवाको तयारी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ